arrow

 पूर्व सभामुख अदालतमा हाजिर

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
adalat.jpg.jpeg

म्याड्रिड । क्याटालोनियाको निलम्बित संसदका सभामुख कार्म फोर्साडेल स्पेनको सर्वोच्च अदालतमा हाजिर गराइएको छ । 

उनलाई पनि यसअघि क्याटालोनियाको स्वतन्त्रताका समयमा भूमिका खेलेको र जनमत संग्रह गराउनका लागि सरकारी सम्पत्तिको दुरुपयोग गरेको आरोपमा अदालत हाजिर हुन भनिएको थियो । 

उनलाई उक्त अदालतले हाजिर हुने शर्तमा रिहा गर्ने वा थुनामा नै राख्ने भन्ने बारेमा बिहीबार नै निर्णय दिने अधिकारीहरुले जनाएका छन् । 

क्याटालोनियामा सम्पन्न भएको भनिएको जनमत संग्रह गराउन उक्साउने, जनमत संग्रह गराउने र सरकारी सम्पत्तिको दुरुपयोग गर्ने स्वतन्त्रताको मागका पक्षका अधिकांश नेताहरुलाई हाल थुनामा राखिएको छ । एएफपी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ