वागी उमेद्वारी दिने पालिखेलाई कास्की काँग्रेसले गर्यो कार्वाही, साधारण सदस्यबाट समेत निष्कासित
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
496
Shares
कास्की । नेपाली काँग्रेसको कास्कीले नरेशशंकर पालिखेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ ।
पार्टी गम्भिर संकटमा रहेको बेलामा अनुशासनभन्दा बाहिर रहेर पार्टी विरुद्ध नै बागी उम्मेदवारी दिने पालिखेलाई कार्वाही गर्दै उनलाई सहयोग नगर्न पार्टी कार्यकर्ता र सम्पूर्ण भातृ संघसंस्थाहरुलाई काँग्रेसले निर्देशन समेत दिएको छ ।
नेपाली काँग्रेस कास्कीका कार्यवाहक अध्यक्ष सुदीपमोहन भट्टराईले जारी गरेको प्रेस विज्ञप्तीमा काँग्रेसको केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार उनलाई पार्टीबाट निष्काशन गरिएको बताईएको छ ।
प्रेस विज्ञप्तीमा भनिएको छ, ‘पालिखेले आफ्नो उम्मेदवारी दर्ता गराएको बखत देखि नै काँग्रेसको महाधिवेशन प्रतिनीधि, क्षेत्रीय प्रतिनीधि, क्रियाशिल सदस्य र साधारण सदस्य समेत नरहेको जानकारी गराईन्छ ।’
पालिखेले कास्की क्षेत्र नम्बर २ ख बाट बागी उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा काँग्रेसबाट आधिकारिक उम्मेदवारको रुपमा बिन्दुकुमार थापाले उम्मेदवारी दिएका छन् ।
पार्टीले आधिकारिक उम्मेदवारकै पक्षमा माहौल सृजना गर्न कार्यकर्तालाई आग्रह गरेको छ ।
कास्की काँग्रेसले वामगठबन्धन गरि कम्युनिष्टहरु एकतन्त्रीय शासन प्रणालीमा जान खोजिरहेको र देशमा फेरि अर्को द्वन्द निम्त्याउन खोजिरहेको स्थितीमा अनुशासनभन्दा बाहिर गएर यसो गर्ने व्यक्तिलाई काँग्रेसले स्किार्न नसक्ने समेत बताएको छ ।
नेपाली काँग्रेस कास्कीले प्रेस विज्ञप्ती जारी गर्दै यस्ता क्रियाकलापबाट हतोत्साहि नभई पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारी दिएका उम्मेदवारहरुलाई विजयी गराउन संगठित भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।