arrow

प्रदेश नं २ को राजधानी सर्लाही कायम गर्न माग  

logo
प्रकाश मैनाली 
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
sarlahi.png

सर्लाही । सर्लाहीलाई प्रदेश नं २ को राजधानी कायम गर्न माग गर्दै नेपाल विद्यार्थी संघले लालबन्दीमा र्‍याली निकालेको छ । 

हरेक हिसाबले सर्लाही जिल्ला प्रदेश राजधानीका लागि उपयुक्त रहेकाले यस्तो माग राख्दै शान्तिपूर्ण र्‍याली निकालिएको नेविसंघ जनज्योति बहुमुखी क्याम्पस इकाइ समिति सभापति सुमित राज काफ्लेले जानकारी दिए । 

क्याम्पस चौकदेखि सुरु भएको र्‍याली लालबन्दी बजारस्थित राष्ट्रिय वाणिज्य बैंक अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । 

प्रदेश नं २ का ८ वटै जिल्लाको बीच भाग पर्ने र भौतिक संरचना निर्माण गर्न जिल्लाको राजमार्ग आसपास प्रशस्त मात्रामा खाली जग्गा रहेकाले सर्लाहीलाई प्रदेश राजधानी बनाउन उपयुक्त हुने बहस हुन थालेको छ । 

केही दिनअघि सदरमुकाम मलंगवामा मानव अधिकारकर्मी, राजनीतिक दल र सञ्चारकर्मीले छलफल कार्यक्रमको आयोजना गरी सर्लाहीलाई प्रदेश नं २ को राजधानी बनाउन माग गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ