arrow

लिफ्ट मार्फत एक बर्षमै घर–घरमा खानेपानी 

logo
कौरव खत्री  
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
liptha-ka-pa.jpg

गुल्मी । गुल्मीमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई योजना मार्फत सञ्चालन हुन लागेको छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाई योजना अन्तर्गत खानेपानीको निर्माण कार्य तिव्रगतिमा अगाडी बढिरहेको छ ।

मुसिकोट नगरपालिका १ अन्तर्गत बाङ्गे,अमराई लगायतका स्थानहरुमा बर्षोदेखि खानेपानी समस्या भागिरहेक बासिन्दाहरुलाई अव भने एक बर्ष भित्रमै पश्चिम नेपाल ग्रामिण खानेपानी सरसफाई परियोजना मार्फत छोरधारा बाङ्गेको मुलको पानीलाई ३ सय,९२ मिटर माथि तानेर र लिफ्ट गरेर झिल्केपोखरीमा संकलन गरेर  खानेपानी वितरण हुने मुनपाका वास संयोजक रामबहादुर कँुवरले जानकारी दिए ।

साथै परियोजनाका प्रतिनिधि समेत रहेका इन्जिनियर मिनबहादुर बस्नेतले उपभोक्क्ताहरुको भेलामा प्रथम सार्वजनिक परिक्षणको अन्तत्र्रिmया गरि योजनाको संरचना सामाजिक,आर्थिक,भौतिक र प्राविधिक पक्षका बारेमा सम्पूर्ण कार्य विवरणसहित सार्वजनिक परिक्षण गरेका थिए ।

यस्तै पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई योजनाका प्राविधिक सहजकर्ता सुरेन्द्र सामन्तले लागत खर्च तथा निर्माण कार्यका बारेमा भेलामा जानकारी गराएका थिए । 

यहि मंसिर १ गते देखि निर्माण कार्य थालनी गरि आउँदो २०७५ कात्तिक मसान्तभित्र खानेपानी योजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नेपाल सरकार र फिनल्याण्ड सरकारको ३६–३६प्रतिशत, मुसिकोट नगरपालिकाको १० प्रतिशत,उपभोक्ताहरुको श्रम १७ प्रतिशत र नगद १ प्रतिशतसहित संयुक्त  रुपमा १ करोड ३५ लाख ३ हजार ३ सय ३३ रुपैयाँको आर्थिक लगानीमा योजना निर्माण गर्न लागिएको मुनपाका वास संयोजक कुँवरले जानकारी दिए ।

साथै छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाई योजनाको प्रथम सार्वजनिक परिक्षण मार्फत अन्तरक्रियामा योजनाका सचिव देवेन्द्र गुरुङ्गले छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाई  योजनाको कार्य विवरणको सामुदायिक कार्य योजना प्रस्तुत गरेका थिए ।

उक्त पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई योजना मार्फत सञ्चालित छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाई योजना मार्फत १ सय ६९ घरधुरीका ८ सय ८७ जनसंख्या र भगवति निमावि र छत्रभूमि बोडिङ्ग स्कुल, स्वास्थ्यचौकी, प्रहरी चौकी,वडा कार्यालय समेतका संस्थाहरु खानेपानीबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने वास संयोजक रामबहादुर कुँवरले जानकारी दिए ।

बर्षोदेखिको खानेपानीबाट समस्या भोगिरहेका उपभोक्ताहरु अब भने एक बर्षमै घर घरमा खानेपानी आउने भएपछि खानेपानी आउने भएपछि यस क्षेत्रका बासिन्दाहरु निकै खुसी हुन थालेका छन्  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ