मानव अंग प्रत्यारोपण केन्द्र धर्मभक्त माथेमाको नाममा नामाकरण गर्न भीमसेन दास प्रधानको प्रस्ताव
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
654
Shares
काठमाडौं । रक्षा मन्त्री एवं नेपाली काँग्रेसका नेता भीमसेन दास प्रधानले भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रलाई १९९७ सालका शहीद धर्मभक्त माथेमाको नाममा नामाकरण गर्न प्रस्ताव गरेका छन् ।
सर्वमान्य नेता गणेशमान सिंहको १०३ औं जन्मजयन्तीको अवसरमा काठमाडौंको शान्तिबाटिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रधानले १९९७ सालका चार शहीदमध्ये अन्य तीन शहीदको नाममा विभिन्न स्थान नामाकरण भए पनि धर्मभक्तको नाममा केही पनि नभएकाले मानव प्रत्यारोपण केन्द्रलाई नामाकरण गर्न प्रस्ताव गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा उनले गरेको प्रस्तावलाई कार्यक्रममा जनसमुदायले स्वागत गरेका छन् ।
मन्त्री प्रधानले अब बस्ने मन्त्रीपरिषदको बैठकमा यो प्रस्ताव लैजाने पनि जानकारी गराएका छन् ।
कार्यक्रममा गणेशमान सिंहको जन्म जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले पूर्व राष्ट्रपति रामबरण यादवलाई सम्मान गर्ने कार्यक्रम छ । यादवले जनआन्दोलन स्वर्ण पदक प्राप्त गर्दैछन् ।
कार्यक्रम गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको हो ।