arrow

विश्वप्रकाशको जनमत बढ्दै, धन्यवाद दिदै ढकालले भनिन् –‘तपाइकै कारण नातिले पुनर्जन्म पायो’

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
vishwa-prakash-sharma.jpg

झापा । शान्तिनगरकी हुमादेवी ढकाल बिहिवार नातीलाई बोकेर घरमा बसिरहेकी थिइन् । क्षेत्र नम्बर १ का प्रनितिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्मा उनको घरमा पुगेर मत माग्दा उनको काखमा भएको नानी हुत्तिएर शर्माको हातमा आयो । 

एउटा अपरिचित मान्छे त्यसमा पनि बालक नानी एक्कासी आउँदा छेउमा रहेका अन्य अचम्मित भए । नेता शर्माले मुस्कुराउँदै भने–अस्ति विरामी भएको नानी उ नै होइन र ? 

हुमादेवी ढकालले टाउको हल्लाउँदै हो भनिन् –‘मेरो नातिले पुनर्जन्म पाएको छ । मेरो लागि विश्व भाइ भगवान नै भएर आएका छन् ।’

जन्मेको ११ दिनमा पिसाब नलीमा घाउ भएर विरामी भएका बुद्धशान्ति ४ का शिशिर ढकालको उपचार शर्माको पहलमा काठमाडौं लगेर भएको थियो । 

धरानस्थित घोपा क्याम्पमा उपचार गराइए पनि सम्भव नभएपछि उनलाई शर्माले काठमाडौ लैजाने सल्लाहसँगै सहकार्य गरेका थिए । 

तत्कालै हवाइजहाजमा उनलाई काठमाडौँ लगियो । त्यसबेला स्वास्थ्य मन्त्रि गगन थापा थिए । शर्माले नेता थापासँगको सम्पर्कबाट उक्त बच्चाको उपचार गराएका थिए । 

बच्चा जाती भएर एक महिनामा घर ल्याएको थियो ।

आफ्नो भेकमा राजनीतिमात्र हैन समाजसेवा पनि गर्नुपर्छ भन्ने मनकारी भावना भएका काँग्रेसका युवा नेता शर्मालाई मतदान गरेर जिताउने अभिव्यक्ति धेरैले दिएका छन् । 

युवा काँग्रेसी नेता शर्माले पनि आफू झापा १ मा विजयी हुनेमा आशावादी रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ