arrow

जनार्दन चढेको गाडीमाथि बम प्रहार, आफूलार्इ केही नभएपछि गरे 'डान्स' (भिडियो सहित)

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
janardan_sharma1.JPG

काठमाडौं । पूर्व गृहमन्त्री जनार्दन शर्मा चढेको गाडीमाथि बम प्रहार गरिएको छ । निर्वाचन प्रचार अभियानका क्रममा नेकपा (माओवादी केन्द्र) का केन्दीय कार्यालय सदस्य तथा वामगठवन्धनको पश्चिम रुकुमका प्रतिनिधिसभा उम्मेदवार समेत रहेका जनार्दन शर्मा चढेको गाडीमा शुक्रबार विहान रुकुमको चौरजहारी नगरपालिका—८, गोईरीमा ८ः२० वजे वम प्रहार गरिएको हो । 

यसरी आफूमाथि बम प्रहार गरेपनि निशाना गलत भएपछि पूर्वमन्त्री जनार्दनले पैसेरु नाच नाचेका थिए । बम उनी सवार गाडीमाथि प्रहार गरिएको भएपनि त्यो निशाना अन्तै लागेको थियो । 

वाम गठवन्धनको संयूक्त सचिवालयका संयोजक काली बहादुर मल्लले माओवादी केन्द्र रुकुमले उनी चढेको गाडीमा वम प्रहार गर्ने जो सुकै भएपनि यस्ता गैरकानुनी  र घृणित कार्यको घोर भत्सना भएको जनाएको छ । 

माओवादी केन्द्र रुकुमले जनताको जनमत वाट वहिस्कृत भएका यस्ता अपराधिक तत्वले कहिले पनि जनताको पक्षमा काम गर्न नसक्ने भन्दै यस्ता अमानविय ,गैरजिम्मेवार कार्यको जति भत्सना गरेपनि कम हुँने जनाएको छ । 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ