arrow

६ लाख नगद र १४ लाखको बैँक चेक सहित प्राविधिक कार्यालय प्रमुख पक्राउ

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
hatkadi-new-ss.jpeg

भीमदत्तनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले शुक्रबार जिल्ला प्राविधिक कार्यालयका प्रमुख (डिई) केदार शर्मालाई  छ लाख घुसको रकमसहित पक्राउ गरेको छ । 

प्रमुख शर्माको निवासबाट उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट नगद छ लाखसहित १४ लाखको चेकसमेत नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले जनाएको छ । 

उक्त चेक नेपाल बंगलादेश बैंकको नाममा रहेको बुझिएको छ । घुसको रकमसहित कर्मचारी नियन्त्रणमा लिएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगर कञ्चनपुरका निमित्त प्रमुख विष्णुसिंह विष्टले भने  “अहिले घटनास्थलमा मुचुल्का हुँदैछ ।” 

“घटनाको विस्तृत विवरण केही समयपछि सार्वजनिक हुन्छ,” उनले भने  शर्मा र पाण्डेयले निर्माण व्यवसायीबाट उक्त घुस लिइएको प्रारम्भिक जानकारी आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ