arrow

मुलुकको विकासको लागि कांग्रेस नै जित्नुपर्छ : मन्त्री मंसुर

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
farmulaha-mansur.jpg

कलैया। श्रम तथा रोजगार मन्त्री एवम बारा क्षेत्र नं. ३ को प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले लोकतन्त्रको रक्षाको लागि र विकासको लागि नेपाली कांग्रेसलाई विजयी हासिल गराउनुपर्ने बताएका छन् । जीतपुर सिमरा उपमहानगरपालिकाको वडामा घरदैलो कार्यक्रममा स्थानीयहरुसंग कुराकानी गर्दै मन्त्री मंसुरले कांग्रेस नै त्यस्तो एक मात्र पार्टी हो हिमाल, पहाड, तराईका मधेशी, मुस्लिम, थारु, जनजाति, राई, लिम्बु, दलित, पिछडिएकावर्गहरुको भावनालाई समेटेर मुलुकलाई अगाडि बढाएको छ ।

 मुलुकलाई आर्थिक स्मृद्धि तर्फ नेपाली कांग्रेसले नै लग्नेछ, मन्त्री मंसुरले भन्नुभयो मुलुकको भलो चाहेको छ भने त्यो मात्र नेपाली कांग्रेस हो । नेपाली कांग्रेसकै नेतृत्वमा नया संविधान आएको र मुलुकको आर्थिक उन्नति तर्फ नेपाली कांग्रेस नै लग्ने छ, त्यसको लागि नेपाली कांग्रेसलाई नै विजयी बनाउन आम मतदाताहरुको अहिलेको आवश्यकता रहेको र नेपाली कांग्रेसलाई विजयी बनाउने मन्त्री मंसुरले विश्वास व्यक्त गरे।

श्रम तथा रोजगार मन्त्री एवम प्रतिनिधि सभा क्षेत्र नं. ३ का उम्मेदवार फरमुल्लाह मंसुर र ३ को १ का उम्मेदवार रामानन्द यादवले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन । जीतपुर सिमरा उपमहानगरपालिको वडा नं. १७ र १८ को टोलहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन । वडा नं. १७ को जैतापुर, मुसहर टोल, कांटाटोल, जैतापुर बजारमा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन । त्यसैगरी जीतपुर सिमरा उपमहानगरपालिकाकै वडा नं. १८ को परास टोल, कुसमांडी टोल, चौधरी टोल, बंकुल टोल, लामीडांडा, मोतीचोक टोल, बडहर्वा लगायत गांउहरुमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ