arrow

ताप्लेजुङ पुगेर देउवाले भने–लोकतन्त्र खतरामा छ, कम्युनिष्ट आए भोलि बोल्न पाउनु हुने छैन

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
deuba-ganeshmanko-batoma.jpeg

ताप्लेजुङ । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट सिद्धान्तमा लोकतन्त्र नै नहुने बताएका छन् ।

एमाले र माओवादीको वामगठबन्धनतर्फ संकेत गर्दै देउवाले कम्युनिष्ट सिद्धान्तमा लोकतन्त्र हुँदैन भनेका हुन् । ताप्लेजुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘कम्युनिष्ट अयो भने, बोल्न पाइँदैन, लेख्न पाइँदैन । डर र त्रासले कुल्चिएको शासन हुन्छ । डर त्रासले जकडिएको शासन हुन्छ ।’

नेपालमा वाम गठबन्धनको नाउमा कम्युनिष्ट तानाशाह ल्याउन खोजिएको देउवाको आरोप छ । देउवाले अगाडि भने, ‘कम्युनिष्ट प्रजातन्त्र विरोधी हो । लोकतन्त्र विरोधी व्यवस्था हो ।’ लोकतन्त्र खतरामा छ ।
आज नेपालमा जुन कम्युनिष्ट गठबन्धन भएको छ, त्यो लोकतन्त्र विरुद्धको गठबन्धन हो, देउवाले भने, ‘जनता र संघीयता विरोधी गठबन्धन हो ।’

यहाँका आदीवासी, जनजाति, दलित, मुस्लीम, मधेसी सबैको पार्टी काँग्रेस भएको र काँग्रेसले मात्रै सबैलाई बराबर सम्मान दिने देउवाको भनाई छ । काँग्रेसमात्रै प्रजातान्त्रिक चरित्र भएको पार्टी भएको भन्दै, देउवाले कम्युनिष्टहरुले भोलि बोल्न दिने छैनन्,–भने ।

हिजो शसस्त्र द्वन्द्व भयो, उनले भने, ‘ठूलो जनधनको क्षति भएको छ । विभिन्न क्रममा भएका परिवर्तनको उपलब्धि रक्षाका लागि लोकतन्त्र र प्रजातन्त्र आवश्यक छ । काँग्रेसले मात्रै लोकतन्त्र बचाउन सक्छ ।’
नेपाली काँग्रेस विजयी भएमात्रै भयमुक्त समाज बन्ने जिकिर पनि देउवाले गरे ।

लोकतन्त्रमा विश्वास गर्ने नेपालमा अरु कुनै पार्टी छैन, देउवाले भने, ‘बहुदलीय प्रजातन्त्रको आदर्श मान्ने पार्टी छैन । २००७ सालको परिवर्तनपछि भयमुक्त समाज निर्माण गरेको काँग्रेसले हो । बहदलीय प्रजातन्त्रको स्थापनमा पनि काँग्रेसले नै गरेको हो ।’

काँग्रेसले मात्रै यो प्रत्यक नागरिकलाई यो देशको हिमायति मानेको छ, देउवाले अगाडि भने, ‘नेपाली जनता सबै सार्वभौम छन् । कुनै पनि बहानामा यो अधिकार खोसिन सक्दैन ।’ जबसम्म त्यो अधिकार तपाईहरुसँग सुरक्षित रहन्छ । तब यो देशमा लोकतन्त्र स्थायी रहन्छ ।

देउवाले नेपालमा अब एउटा मात्रै समाजवादी पार्टी रहेको बताए । उनले भने, ‘नेपालमा अब एउटा मात्रै समाजवादी पार्टी छ । त्यो नेपाली काँग्रेस हो । ७ सालमा राणा शासन पल्टाउने र मजदुरलाई स्थापित गर्ने काम नेपाली काँग्रेस नै हो ।’ बहुदलीय प्रजातन्त्र ल्याएर नेपाली जनतालाई अधिकार सम्मपन्न बनाउने नेपाली काँग्रेस नै हो ।

ज्ञानेन्द्रले निरङकुशता लाद्न खोजेपछि नेपाली काँग्रेसकै नेतृत्वमा जनआन्दोलन भएको देउवाले सम्बोधनका क्रममा भने ।

संविधानसभाको निर्वाचनपछि संघीय गणतन्त्र स्थापनाको नेतृत्व पनि नेपाली काँग्रेसले लियो, देउवाले भनेका छन्, ‘२००७, २०४६, २०६२–२०६३ को परिवर्तन यो सबै नेपाली काँग्रेसको नेतृत्वमा भएको हो ।’ त्यसको मूल कारण लोकतन्त्र र प्रजातन्त्र नै हो । यसको मूल कारण नेपाली जनतालाई मालिक मान्ने व्यवस्था हो । त्यो व्यवस्थाको संरक्षक नेपाली काँग्रेस हो, देउवाले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ