ओलीलाई टेरेन मोर्चाले, मधेसी र थारु मोर्चामा आबद्ध दललाई फेरि पत्राचार
प्रकाशित २०७६ वैशाख २५ बुधबार
962
Shares
काठमाडौं । प्रधानमन्त्री निर्वाचित भएपछि पटक–पटक आग्रह गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेसी र थारु मोर्चाका नेताहरुले टेरेका छैनन् । तीन दलिय गठबन्धन तोड्न कांग्रेसलाई प्रधानमन्त्रीको आश्वासन दिएर एमालेलाई भोट हालेका मोर्चाका नेताहरु वार्ताका लागि तयार भएका छैनन् । एक थरी सरकारमा सहभागि हुँदा अर्को थरी आन्दोलन स्थलमै छ ।
आफुहरुका जायज माग पूरा नभएसम्म सरकारलाई असहयोग गर्ने आन्दोलन जारी राख्ने मोर्चाको अडान छ । मोर्चा भित्रै फाटो आएकाले पनि सरकारले वोलाएको वार्तामा जाने कि नजाने भन्नेमा समेत मोर्चामा अन्योल छ । अर्कोतिर केपी ओलीलाई पहिलेका बचन फर्काउने कि नफर्काउने भन्नेमा समेत एक पक्ष दोधारमा परेको छ ।
आन्दोलनरत मधेसी र थारु मोर्चामा आबद्ध विभिन्न दललाई वार्ताबाट समस्याको समाधान गर्न प्रधानमन्त्री ओलीले फेरि पत्राचार गरेका छन् ।
प्रधानमन्त्री ओलीले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्रप्रसाद यादवलगायतलाई पत्राचार गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ती दलसँग वार्ताको वातावरण मिलाउने जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको थियो । नयाँ संविधानमा असन्तुष्ट यी दलको आन्दोलन र छिमेकी भारतको नाकाबन्दीकै कारण मुलुकले पेट्रोलियम पदार्थको अभाव झेलिरहेको छ । नेपालीहरुको महान चाड दशैं सुरु भइसक्दा समेत उमंगको वातावरण बन्ने संकेत छैन । दलहरुबीचमा फेरिपनि सत्ता समीकरणले प्राथमिकता पाएको छ।