arrow

 एसीसी यू-१९ एशिया कपमा नेपालको शानदार जित 

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
cricket-U-19-worldcup-1-.jpg.jpeg

काठमाडौं । एसीसी यू-१९ एशिया कप क्रिकेटको समूह चरणको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । 

वर्षाका कारण २४ ओभरमा घटाइएको खेलमा मलेसिया १५.३ ओभरमा अल आउट हुदै  ४५ रनमा समेटिए पछि जवाफी व्याटिङका लागि मैदान उत्रेको नेपाली टिमले  मलेसियालाई ८ विकेटले पराजित गरेको हो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र साहव आलमले २/२ तथा अनिलकुमार साहले १ विकेट लिए ।  

टस हारेर व्याटिङको निम्तो पाएको मलेसिया सुरुवातमै नेपाली युवा टोलीको आक्रामक बलिङको शिकार बने ।  लामो समय क्रिजमा जम्न नसकेका मलेसियाली ओपनर सायद अजिजले २० र जगजित सिंहले १० रन बनाउनुबाहेक मलेसियाका अन्य ब्याट्सम्यान नेपाली बलर सामु निरीह बने ।

५.४ ओभरमा ३३ रन बनाएको मलेसियाले त्यसपछि १२ रन जोड्दा आफ्ना सबै विकेट गुमायो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ