arrow

अस्ट्रेलियाली जनताहरु समलिंगी विवाहको पक्षमा

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
same-sex-marriage.jpg

काठमाडौं । अस्ट्रेलियाली जनताहरु समलिंगी विवाहको पक्षमा रहेको पाइएको छ । एक ऐतिहासिक सर्वेक्षणमा समलिंगी विवाहको पक्षमा मतदान भएको हो ।

यो सर्वेक्षणमा ६१.६ प्रतिशत मानिसले समलैंगिक विवाहको पक्षमा मतदान गरेका हुन् । सर्वेक्षणमा ७९.५ प्रतिशत मानिस सहभागी भएका थिए ।

समलिंगी विवाहका बारेमा सरकारले आठ हप्तासम्म चलाएको पोस्टल सर्वेक्षणमा अधिकांश मानिसले यसको पक्षमा मतदान गरेका हुन् ।

यो सर्वेक्षणमा १ करोड २७ लाख मानिस सहभागी भएका थिए । 

यो परिणामले अष्ट्रेलिया सरकारलाई सोच्न वाध्य बनाएको छ । 

सन् २००४ मा अस्ट्रेलियाले कानुन संशोधन गर्दै समलिंगी विवाहमाथि प्रतिबन्ध लगाएको थियो ।

Two men embrace at a celebration in Sydney



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ