arrow

उम्मेदवारको सुरक्षाबारे उच्च स्तरमा छलफल भइरहेको छ : डा. यादव

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
ayodhi-yadhv-sunuwai-FNL.JPG.jpeg

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको प्रचार प्रसार तथा घरदैलोमा जाने उम्मेदवारको सुरक्षाका विषयमा उच्च स्तरमा छलफल भइरहेको बताएका छन् ।  यादवले उम्मेदवार तथा मतदाता सबैको सुरक्षाका विषयमा सरकार जिम्मेवार रहेको र आयोगले त्यस तर्फ सरकारको ध्यानाकर्षण समेत गराइ रहेको भन्दै उच्च स्तरमा छलफल भइरहेको बताएका हुन् ।

‘भूमिगत तथा अपरिचित गिरोहबाट उम्मेदवार माथी आक्रमण हुनु निन्दनीय हो, त्यस तर्फ सरकारले विशेष ध्यान दिएको छ, आयोगले सो बारे सरकारसँग निरन्तर ध्यानाकर्षण समेत गराएको छ,’ प्रमुख आयुक्त यादवले भने ।

कान्तिपथ स्थित निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा बुधबार आयोजित नमुना मतदान कार्यक्रममा मतदान पछि बोल्दै उनले सुरक्षाको पूर्ण ग्यारेण्टि सरकारबाट हुँदा हुँदै पनि केही स्थानमा उम्मेदवार माथी आक्रमण भएको घटनाले दुखित तुल्याएको बताए ।
 
प्रमुख आयुक्त यादवले सुरक्षाका विषयमा उम्मेदवार आफैं पनि चनाखो हुनु पर्ने भन्दै त्यस्ता शक्तिहरु माथी ध्यान दिन आग्रह गरे । अपरिचित तथा भूमिगत समूहबाट हुन सक्ने सम्भावित घटनाका विषयमा प्रधानमन्त्री, गृह मन्त्रालय र सुरक्षा समितिको बैठकमा समेत छलफल भइरहेको उनको भनाइ छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ