arrow

स्रष्टाहरुलाई लोकतन्त्रको पक्षमा उभिन लेखक सङ्घको अपिल

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
lekhak2.jpg

काठमाडौं । नेपाली कवि–लेखकहरुको सबैभन्दा पुरानो, प्रतिष्ठित एवम् ठूलो संस्था नेपाली  लेखक सङ्घले देशका सम्पूर्ण स्रष्टाहरुलाई लोकतन्त्रको पक्षमा उभिन अपिल गर्दै विज्ञप्ति जारी गरेको छ ।

अध्यक्ष श्रवण मुकारुङ र महासचिव रत्नमणि नेपालले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखक–साहित्यकारहरुका लागि लेखकीय स्वतन्त्रता सर्वाधिक महत्वपूर्ण मुद्दा भएको र लेखकीय स्वतन्त्रताको ग्यारेन्टी लोकतन्त्रवादीले मात्र गर्न सक्ने कुरा बताइएको छ ।

सम्पूर्ण स्रष्टाहरुको आत्मसम्मानको रक्षा र अभिव्यक्ती स्वतन्त्रताको सुनुश्चितताका लागि लोकतन्त्रवादी शक्तिको विजय अपरिहार्य भएको ठहर गर्दै विज्ञप्तिमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजयी गराउनका लागि आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न देशभरिका सम्पूर्ण स्रष्टाहरुलाई आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ