arrow

११६ वर्षिय कल्लुसिंह भन्छन्, ' फेरि पाइन्छकी पाइन्न यो पटक रमेश बाबुलाई नै भोट दिन्छु '

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
kallu-singh-116_years-kanchanpur.jpg

कञ्चनपुर। भिमदत्त नगरपालिका वडा नम्बर १४ बनकट्टीका ११६ वर्षिय कल्लुसिंह ठाकुर निर्वाचन नजिकिएपछि उत्साहित छन् । 

बिहीबार नेपाली कांग्रेसको चुनावी सभामा लठ्ठी टेकेर आएका ठाकुरले भने, ‘अब त उमेर पनि धेरै भयो फेरि भोट हाल्न पाउँछकी पाउन्न । यो पटक फेरि आफ्नो भोट नेपाली काँग्रेसका उमेद्वार रमेश लेखकलाई दिन्छु। मेरो भोट रमेश बाबुलाई पक्का।’ 

नेतामा हुनु पर्ने सबै गुण मैले लेखकमा पाएकोले आउँदो निर्वाचनमा लेखकलाई भोट हाल्न आफू आतूर रहेको उनले सबैलाई सुनाए । 

ठाकुरले महाकालीमा बन्ने ठूलो पूल तरेर भारत जाने इच्छा पनि सुनाए। लेखकले बूहरुले महाकालीमा ४ लेनको पुल बनाउने कामको शुरुवात गरिसकेको बताए। उनले भने, 'अर्को चुनावसम्म पुल बनिसक्छ।' 

कञ्चनपुरमा नेता लेखकसहित नेपाली कांग्रेसको बिजयलाई कुनै गठबन्धनले रोक्न नसक्ने स्थानिय यूवा तथा पाका उमेरका मतदाताहरु बताउँछन्। 

बालबालिकादेखि ११६ वर्षसम्मका जेष्ठ नागरिकको साथ, समर्थन र आर्शिवाद पाएपछि नेता लेखक पनि उत्साहित छन् । 

जुन जुन क्षेत्रमा उनी मत माग्न पुग्छन, त्यहाँका मतदाताले भित्रैबाट दर्शाउने माया र समर्थनले नेपाली कांग्रेसका कार्यक्रतालाई पनि सकारात्मक सन्देश दिएको छ । 

लेखकले गरेको दूरगामी  विकासका कामबाट अधिकांस मतदाता सन्तुष्ट देखिएका छन् । 

खैरभट्टीकी हिरा लोहारले भनिन, ‘नेता लेखकले सक्दो गरेका छन् । हाम्रा कुरा सुन्छन । सबै कुरा त प्रधानमन्त्रीले पनि आफ्नो जिल्लामा गर्न सक्दैनन् । ’ 

लेखक पुग्ने ठाउँमा नेपाली कांग्रेस प्रवेश गर्ने अन्य पार्टीका नेता तथा कार्यक्रताको ताती नै लाग्ने गरेको छ । 

बिहीबार मात्र भिनपा १४ को नयाँ कटान र खैरभट्टीमा सुरेन्द्र सुनार, शंकर सुनार, पूजा चन्द, किरण रैकाल, बिक्रम चन्द, देबदत्त भट्ट सहित ५० जना एमाले, एमाओवादी सहितका पार्टी छोडेर कांग्रेस प्रवेश गरेका छन्। 

त्यसैगरि बिहीबार नै वडा नम्बर १६ मा आयोजित चुनावी कार्यक्रममा पनि विमल विष्ट, कल्पना धामी, किशोर धामी, पवित्रा विष्ट सहित दुई दर्जन बढी कार्यक्रता नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेसका नेता गोपाल भट्टले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ