arrow

आर्थिक अभावमा औषधि उपचारमा समस्या

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
palpa_pidit.JPG

पाल्पा । तानसेन नगरपालिका ९ की देवीकला नेपालीको कान्छो छोरा मिन बहादुर नेपालीको मुटु रोग र मेरुदण्डको समस्याले ग्रस्त छन् । ३१ वर्षका मिन बहादुरलाई ९ वर्षकै उमेरदेखि नै मुटु रोगले छोएको थियो । सामान्य परिवारका नेपाली आर्थिक अवस्था नाजुक भएकै कारण औषधि उपचार गर्न सकिरहेका छैनन् । सानै उमेरमै मुटु रोग भए पछि जिल्लाका स्वाथ्य चौकी, मिसन अस्पताल, लुम्विनी मेडिकल कलेज र जिल्ला अस्पतालसम्म धाए । तर, यी अस्पतालहरुले  रोग जटिल भएकाले काठमाडौं जान सल्लाह दिएका थिए । 

गाउँ, नगर र जापनिज व्यक्तित्व (ओ.के बाजे) काजु मासा काकिमीको केही आर्थिक सहयोग जुटे पछि नेपाली काठमाडौं सामुदायिक मुटु अस्पताल गए । दुई दिनसम्म भर्ना भएका नेपालीलाई अस्पतालले मनमोहन कार्डियो थेरासिक हस्पिटल जान सुझाव दिएको थियो । जुटेको सहयोग रकम सामान्य औषधि उपचारमा सकिए पछि थप उपचारका लागि मनमोहन हस्पिटल जान नसकेको आमा देवीकलाले बताए । मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रन्सप्लान्ट सेन्टर हस्पिटलले मुटु र मेरुदण्डको अपरेसन गर्न १२ लाख रुपैयाँ लाग्ने बताए पछि उक्त रकम नभएकाले औषधि उपचार गर्न नसकेको नेपालीले बताए । 

नेपाली परिवार २०३८ सालदेखि नै तानसेनको तिनटे आँपमा रहेको सार्वजनिक जग्गामा बस्दै आएको छ । आफ्नो निजी जग्गा पनि छोराको औषधि उपचारमा बेच्नु परेको देवीकलाले बताए । नेपाली भन्छन् दैवले नै ठग्यो श्रीमान् राम बहादुर मृगौला र आफु मुटु रोगले ग्रस्त छन् अनि छोरोको यो हालत भएकोले आफुलाई पर्नु पिर परेको पीडित नेपालीले बताए । आफ्नो निजी घर पनि नभएको र आम्दानीको कुनै पनि स्रोत नभएकाले औषधि उपचारमा समस्या भएको उनी बताउँछन् । 

छोराको औषधि उपचार गर्दा गदै करिब १५ लाख रुपैयाँ खर्च भइसकेको र आफू र श्रीमान्को औषधि उपचारमा ५ लाख लागेको नेपालीले बताए । छोराको जीवन रक्षाका लागि सबैसँग सहयोगको अपिल गरेका छन् । सहयोग गर्न चाहनु हुनेले ९८००७९६०५१, ९८१२९३७२२३ मा सम्पर्क गरि सहयोग गर्न आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ