arrow

गौचन हत्यामा संलग्न थप २ जना कपनबाट पक्राउ

आरोपीको साथबाट २ वटा पेस्तोल र १० राउण्ड गोली बरामद

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
gauchan.png

काठमाडौं ।  निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका थप २ जनालाई प्रहरीले काठमाडौंको कपनबाट २ वटा पेस्तोल र १० राउण्ड गोलीसहित पक्राउ गरेको छ।

पक्राउ परेकामा बसन्त थेवे र धनराज योङहाङ रहेका छन् । उनीहरुले गौचन घरबाट बाहिर निस्केको सूचना सुटरलाई दिनुका साथै हत्यामा प्रयो गरिएको हतियार लुकाउन मद्दत गरेको प्रहरीको दाबी छ । मुख्य सुटरसहित ५ जनालाई प्रहरीले ३७ दिनपछि मंगलबार पक्राउ गरी सार्वजनिक गरेको थियो।

असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानेका थिए । आपराधिक समूहले सबै निर्माण व्यवसायीबाट फिरौती रकम उठाएर आफूलाई बुझाउन दिएको धम्कीयुक्त आदेश नमानेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले निष्कर्ष निकालेको छ । हत्याका मुख्य योजनाकार भनिएकाहरु भने अझै फरार छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ