arrow

राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्टहरुले गरिरहेका छन् : काँग्रेस नेता खाँण

ओलीलाई काँग्रेस नेता खाँडले भने - विदेशी शक्तिबर्धक औषधी खाएर नबर्बराउनुस !!

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
khhad.JPG

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्टहरुले नै गरेको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय मिडिया सेन्टरद्धारा शुक्रबार ललितपुरमा आयोजित विचार निर्माता बुद्धिजीवीहरुसंगको भेटघाट कार्यक्रममा संबोधन गर्दै नेता खाँणले सो कुरा बताएका हुन् ।

“राष्ट्रको एक भूभागमा बस्ने नागरिकलाई अपमानित गर्ने, उनीहरुलाई लाञ्छना लगाउने र विदेशीसंग जोडेर भड्काउदा राष्ट्र बलियो हुँदैन” नेता खाँणले भने “ यस्तो भौगोलिक, जातीय,सांस्कृति र धार्मिक विविधता बोकेको मुलुकमा सबैलाई समेट्दा नै राष्ट्रियता बलियो हुन्छ ”।
 
कांग्रेस नेता खाँणले अतिवादी सोच र व्यवहारले मुलुकलाई विखण्डनतिर डोर्‍याउने उत्तिकै खतरा रहेको बताउदै भने,“ पार्टीको स्थापनाकालदेखि नै यहाँको विविधतालाई समेटर सबैलाई जोड्ने कांग्रेसको राष्ट्रियता प्रेम सबैभन्दा बढी छ ।”
 
उनले नेपाली कांग्रेसले देशको कुनैपनि भूभाग वा जात जाति वा आदिवासी जनताले उठाएको मुद्दालाई संकीर्ण दायराबाट नहेरी राष्ट्रिय विषय बनाएर समाधान खोज्ने गरेको पनि बताए । उनले मधेशका जनताले सीमा क्षेत्रमा विभिन्न कष्ट सहेर राष्ट्रको सीमा र भूमिको रक्षा गरिहेको पनि दावी गरे।
 
“दक्षिणतिरको सीमा क्षेत्रमा बसेका जनताले पानीको प्राकृतिक निकासको समस्या र डुबानको समस्या झेलेका छन्” नेता खाँणले बताउनुभयो  “ मधेश खण्डित हुँदा न पहाड शक्तिशाली हुन्छ न हिमाल, नत काठमाडौ उपत्यका नै । मधेश खण्डित हुँदा राष्ट्रियता कमजोर हुन्छ ।”
 
नेता खाँणले कम्युनिष्टहरुले जसरी अधिनायकवादी शासन आउने उद्घोष गरेका छन, त्यो नै लोकतन्त्रकोलागि चुनौति बनेको पनि उल्लेख गरे। खाँडले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै भने - विदेशी शक्तिबर्धक औषधी खाएर अब धेरै नबर्बराउनुस !!



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ