arrow

मैले डोजर ल्याएर बाटो खन्दा एमालेहरु लाईन लागेर हेर्थे, : चन्द्र के.सि.

logo
सुर्य खनाल,
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
kc_photo.jpg

गुल्मी ।  नेपाली कांग्रेस गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश सभा क्षेत्र नम्बर २(ख) अन्तर्गत शुक्रबार मदाने गाउँपालीकाको अग्लुङ्गमा चुनावी प्रचार प्रसार तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

 नेपाली कांग्रेस अग्लुङ्ग गाँउ कार्य समितिका सभापति शुसिल चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका पूर्व पाटी सभापति तथा पूर्व जी.वि.स. सभापति प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र के.सि. को प्रमुख आतिथ्यता , नेपाली कांग्रेस गुल्मीका पाटी सभापति भुवन प्रसाद श्रेष्ठ , नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी लगाएतको उपस्थितीमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चन्द्र के.सि.ले यस क्षेत्रको  विकास र समृद्धीकालागी यदि यस पटकको चुनावमा पनि नेपाली कांग्रेसलाई नरोजे फेरि पनि यो क्षेत्र अन्धकारमय हुने बताएका छन् ।  

उनले थपे नेपाली कांग्रेसको पहलमा  निर्माण भएका बाटाहरु , खानेपानीका योजनाहरु, स्थापना भएका विद्यालयहरु, स्वास्थ्य सस्थाहरु बाहेक यस क्षेत्रमा अरु केहि पनि विकासका  योजनाहरु नभएको ठोकुवा समेत गरे। पटक पटक यस क्षेत्रबाट जितेर गएका नेताले सदरमुकाममा बिसौं वर्ष अगाडी बलेको बत्तिलाई अझै पनि यो क्षेत्रमा ल्याउन नसक्नेहरुको नाममा सफलको विल्ला भिरेको देख्दा दया लागेको समेत बताए ।

 साथै उनले अहिलेको यो कम्युनिष्ट गठबन्धनले जनताको रगतबाट सस्थागत हुन थालेको लोकतन्त्रलाई धरापमा पार्ने संकेत देखिएको बताए । नेपाली कांग्रेसले जितेको गुल्मीको क्षेत्र नम्बर १ मा भएको विकास र ने.क.पा. एमालेले जीतेको साविकको ३ नम्बरलाई हेरेर एमाले कत्तिको विकास वादी हो स्पष्ट हुने बताए । कयौ पटक चुनाब जित्दा पनि आफ्नो क्षेत्रमा बाटोको अवस्था सुधार गर्न नसक्ने , उर्जा मन्त्री हुदा पनि यो क्षेत्रमा बत्ती बाल्न नसक्ने ? चुनावमा आएर विकास प्रेमि र सफलको विल्ला भिर्न लाज नलाग्ने भन्दै आक्रोस पोखे ।

 यो जिल्लामा बाटोको कुरा गर्ने हो भने डोजर कस्तो हुन्छ यहाँका एमालेलाई थाहा थिएन मैले धनुषाबाट डोजर ल्याएर गुल्मीमा बाटो खन्दा लाईन लागेर हेर्ने एमालेले विकासका भ्रम र फुई लाएको देख्दा हाँसो लाग्ने समेत बताए । सो क्षेत्रबाट जितेर पनि विकास गर्न नसक्नेले नेपाली कांग्रेसले जितेको क्षेत्रमा गएर एक पटक विकास के हो हेरेर आउन समेत आग्रह गरे ।

 त्यस्तै प्रतिनिधी सभाका उम्मेदवार पहराईले आफु सामान्य परिवारबाट हुर्केको हुनाले यहाका गरिब दुखिको मर्म बुझेर काम गर्ने बचन बद्धता समेत ब्यक्त गरे।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ