मनाङका पत्रकार लामिछानेमाथि एमाले कार्यकर्ताद्वारा दुर्व्यवहार
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
553
Shares
काठमाडौं । नेपाल पत्रकार महासंघ मनाङ शाखाका उपाध्यक्ष नविन लामिछानेमाथि एमाले कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन्। आसन्न प्रतिनिधि तथा प्रदेश सभाका लागि मनाङको नेस्याङ गाउँपालिकाको मनाङ गाउँमा समाचार सम्प्रेषण गर्न पुगेका लामिछानेमाथि एमालेका कार्यकर्ताबाट दुर्व्यवहार भएको हो ।
राष्ट्रिय समाचार समिति मनाङका प्रतिनिधि समेत रहेका लामिछानेले काँग्रेस र एमालेको चुनावी प्रचारलाई समचार सम्प्रेषण गर्दै गर्दा दुर्व्यवहार गरेका हुन् । एमाले कार्यकर्ताले जुलुस लगाउँदै गर्दा आफू फोटो खिच्न गएको बेला आफूलाई तानेर लगेको र धम्क्याएको पीडित लामिछाने बताउँछन् ।
विगत २ बर्षदेखि मनाङमा रहेर पत्रकारिता गर्दै आएका उनलाई यसअघि पनि धम्क्याएको उनी बताउँछन् ।