arrow

आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार डराउँदैनन् : पौडेल

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
Ram-Chandra-poudel-news-aa.jpeg

दमौली, तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार नडराउने बताएका छन् ।
भानु नगरपालिकास्थित थानीको थानमा शुक्रबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा उम्मेदवार पौडेलले उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराइए पनि काँग्रेस त्यसबाट विचलित नहुने दृढता व्यक्त गरे।

“आततायीको त्यस किसिमको क्रियाकलापबाट हामी डराउनेवाला छैनौँ”, पौडेलले भने। भानु नगरपालिकाका नारेश्वरटार, भकुन्थोक र बेल्टारमा आयोजित चुनावीसभा र घरदैलो कार्यक्रममा काँग्रेस नेता पौडेल आज व्यस्त रहँदै लोकतान्त्रिक गठबन्धनका पक्षमा मतदान गर्न सबैमा आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ