arrow

चुनाव विथोल्न कम्युनिष्ट गठबन्धनको डिजाईनमा बम आक्रमण : नेता खाँण  

एउटा मेडिकल कलेज खोल्न पुग्ने पैसा त सरकारले केपीओलीको उपचारमै खर्च गरिसक्यो 

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
balkrishna_khad1.jpg

काठमाडौं । नेपाली काँग्रेसका निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएको बम विष्फोटका घटनाहरु कम्युनिष्ट गठबन्धनको डिजाईनमा भएको आरोप लगाएका छन् । निर्वाचनको सम्बन्धमा पार्टीको पछिल्लो प्रगति विवरणको विषयमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै संयोजक खाँणले चुनावी नतिजा आफ्नो पक्षमा आउने नदेखेपछि निर्वाचन भाँड्नको लागि कम्युनिष्ट गठबन्धनले गरेको डिजाईन भएको बताएका छन् । 

उनले नेपाली काँग्रेसको केन्द्रमा आएको रिपोर्ट र सरकारका गुप्तचर संस्थाहरुले पनि दिएको रिपोर्टले विप्लवको नाममा कम्युनिष्ट गठबन्धनले पुराना माओवादीहरुमार्फत् यस्तो हर्कत गरेको आरोप लगाएका हुन् । उनले भने हामीकहाँ आएको गोप्य रिपोर्टले विप्लवको नाममा पुराना माओवादीहरुले नै यस्ता किसिमका घटनाहरु घटाईरहेको औंल्याएको छ  । उहाँहरुले सोचेजस्तो अंकगणीतीय हिसावले दुई दलमिल्दा सजिलै चुनाव जित्ने सम्भावना नदेखिएपछि यस्तो घृणित कार्यमा संलग्न भएको भेटिएको छ । 

काँग्रेसले भनेजस्तो कम्युनिष्ट शासन आउने कुरा सत्य होईन भन्छन् नि गठबन्धनका नेताहरु भन्ने पत्रकारहरुको प्रश्नमा नेता खाँण भन्छन् त्यो कहाँ हामीले भनेको कुरा हो त । केपी ओली जीले नै भन्नुभएको छ नि हामीले जितेपछि व्यवस्था परिवर्तन हुन्छ । हामी संविधान संशोधन गरेर कम्युनिष्ट शासन ल्याउँछौं भनेर । प्रचण्डले अस्तिभर्खर गोरखामा गएर भन्नुभयो, ५० वर्षसम्म नेपालमा कम्युनिष्ट शासन लागू हुन्छ भनेर । उहाँहरुले उत्तर कोरियाको जस्तो शासन खोजिरहनु भएको छ । उहाँपछि उहाँका छोरा होला त्यसपछि उहाँको नातीको पालो होला । 

नेता खाँणले केपी ओलीले त झनै नेपाली काँग्रेस विरुद्ध हदैसम्मको अभिव्यक्ति दिएको भन्दै त्यसले उनको हैसियत समेत स्पष्ट पारेका छन् । केपी ओलीले जे कुरा गरे त्यो उनकै नेता कार्यकर्ताले पनि नपत्याउने खालको रहेको उनको भनाई थियो । केपी ओलीमा हारको मानसिकता मडारिएकोले त्यस्ता अभिव्यक्तिहरु बर्बराउन थालेको आरोप उनले लगाए । 

नेपाली काँग्रेसप्रति समवेदना छ भन्ने केपी ओलीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै नेता खाँणले भने केपी ओलीले ठूलो खसी मरोस् भन्दैमा मर्नेवाला छैन । हामी सबै दललाई सम्मान गर्छौं । कुनैपनि दल त्यतिबेला मात्रै पतन हुन्छ जतिबेला त्यो दलले बोकेको सिद्धान्त जनताकाबीचमा काम नलाग्ने हुन्छ । त्यसपछि त्यो दलको सिद्धान्त आफैंमा स्खलीत भएर जान्छ । तर, नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवाद त नेपालमा काम नलाग्ने होईन झनै समय सान्दर्भिक भएर नेपाल बाहिरका मुलुकमा समेत आत्मसाथ गर्न थालिसकेका छन् । 

उनले पृथ्वी रहेसम्म विश्वमा नेपाल रहने र नेपाल रहेसम्म नेपाली काँग्रेस रहिरहने दाबी पनि गरे । एकातिर सामाजिक सुरक्षा, अर्कोतिर राष्ट्रियता र प्रजातन्त्र र आर्थिक विकासको लागि प्रजातान्त्रिक समाजवाद मात्रै निर्विकल्प रहेको भन्दै उनले नेपालमा काँग्रेसको सान्दर्भिकता कहिले पनि सिध्यिएर नजाने दाबी गरे । 

उनले सरकारी खर्चमा दैनिक विदेशबाट आयात गरिएको शक्तिवद्र्धक औषधि खाएर दैनिक कार्य सम्पादन गर्ने केपी ओलीले नेपाली काँग्रेसमाथि समवेदन भन्नु भनेको त्यो एउटा नेपाली काँग्रेसमाथि मात्रै नभएर समग्र नेपाली माथिको अपमान भएको प्रतिक्रिया दिए । उनी भन्छन् उहाँको उपचार खर्चको लागि सरकारले एउटा मेडिकल कलेज बनाउन पुग्ने भन्दा बढी खर्च गरिसकेको छ । दर्जनौ पुल र सडक बन्न पुग्ने खर्च भन्दा बढी खर्च गरिसकेकोछ । दैनिक शक्तिवद्र्धक औषधि खाएर उहाँले आफ्नो दैनिक कार्यको सुरुवात गर्नुहुन्छ । त्यस्तो मान्छेले यस्तो कुरा गर्नु भनेको उहाँको धेरै हतासको अभिव्यक्ति हो । 

सरकारले आचारसंहिता उल्लंघन गरेको भन्ने विपक्षीको आक्षेपको खण्डन गर्दै नेता खाँणले उम्मेदवारहरु जनताको घरदैलोमा जानु स्वभाविक नै रहेको भन्दै काँग्रेस आचारसंहिताप्रति प्रतिवद्ध रहेको भन्दै काँग्रेसले आचारसंहिता उल्लंघन नगरेको र नगर्ने स्पष्ट पारे । हामीले सबै जिल्लामा केन्द्रबाट घोषणापत्र, झण्डा र अन्य प्रचारसामग्रीहरु पनि पठाईसकेका छौं । जिल्लामा साथीहरुले आफ्नै किसिमका घोषणापत्र पनि बनाउनु भएको छ । त्यो बाहेक हामीले आचारसंहित उल्लंघन हुने केही काम गरेका पनि छैनौं र गर्ने पनि छैनौं । 

उनले आसन्न चुनावमा काँग्रेसको बहुमत आउने आकलन रहेको बताएका छन् । समानुपातिक र प्रत्यक्ष जोड्दा काँग्रेसको बहुमत आउँछ भन्ने आफूहरुको आकलन रहेको भन्दै उनले । समानुपातिक तर्फ ४२ प्रतिशत मत ल्याउँछ भन्ने काँग्रेसको आकलन छ । पहिलोमा ३५ वटा सिटमा बहुमत सिट हाम्रो आउँछ भन्ने आकलन आफूहरुको रहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ