arrow

रौतहटमा मन्दिरमै विष्फोट, आमा–छोरा घाइते 

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
bomb-saptari-news.jpeg

रौतहट । बम विष्फोट हुँदा रौतहटमा आमा छोरा घाइते भएका छन् । रौतहटको चन्द्रपुर गाउँपालिकाको राधाकृष्ण मन्दिर छेउमा अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । 

विष्फोटमा सात वर्षीय जैदिक राय र ३१ वर्षीया सरिता राय घाइते भएका हुन् । आमा छोरा दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 

विष्फोट कुनै दल विशेषलाई लक्षित नगराई मन्दिरमा आउजाउ गर्नेहरुलाई लक्षित गरी गराइएको रौतहट प्रहरीको भनाई छ । 

विष्फोटमा परी अन्य केही स्थानीय पनि घाइते भएका छन् । विष्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ