नर्भिक अस्पतालमा सुरक्षा कडा, दाहालका आफन्तको घुइँचो
प्रकाशित २०७४ मंसिर ३ आइतबार
491
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको काठमाडौंको नर्भिक अस्पतालमा निधन भएपछि अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपाल प्रहरीसंगै सशस्त्र प्रहरीको टोलीले अस्पताल परिसरमा सुरक्षा दिइरहेको छ ।
अस्पताल परिसरमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, आफन्त, सुभेच्छुकसंगै अन्य दलका नेताहरुसमेत पुग्ने क्रम सुरु भएको छ ।
उनको बिहान ६ बजे आसपास निधन भएको खवर आएसंगै सुरक्षा दस्ता तैनाथ गरिएको प्रहरी उच्चस्रोतले जनाएको छ ।
प्रकाशको निधन के कारणले भयो भन्ने यकिन भइनसके पनि हृदयघात नै भएको हुन सक्ने बताइएको छ ।
विभिन्न शंका भइरहेकाले पत्रकार सम्मेलन गरेरै यसबारे जानकारी गराउन लागिएको अस्पताल स्रोतले जनाएको छ ।
उनलाई अचेत अवस्थामा बिहान काठमाडौंको नर्भिक अस्पतालमा ल्याइएको थियो ।
प्रचण्डसमेत झापाबाट हेलिकप्टरमा काठमाडौं आएका छन् ।