arrow

बाजुरामा जीप दुर्घटना, ५ जना घाईते

logo
रमित बि.क.,
प्रकाशित २०७४ मंसिर ३ आइतबार
accident-final.jpeg

बाजुरा । जीप दुर्घटनामा परी ५ जना घाईते भएका छन् । आइतबार साझ करिव ७:३० बजेतिर से १ ज ५३४ नम्बरको जीप दुर्घटनामा परेको हो । सदुरमुकाम मार्तडीबाट आटीचौर जाने क्रममा बुढीगंगा नगरपालिकाका धुरालसैन मावि नजिकै जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी हेमराज उपाध्याय,भरतराज उपाध्याय,ममता सिंह,प्रकाश रावत,पवित्रा सिंह गरी ५ जना घाईते भएका छन् । जीप करिव ५ सय मिटर तल खसेको छ । उनीहरुका अवस्था गम्भिर रहेको पत्रकार देबेन्द्र नाथले जानकारी दिए ।

 घाईतेहरुलाई उपचारका लागि अछामको बयालपाटा अस्पताल रिफर गरिएको उनले बताएका छन् ।  यता जिल्ला प्रहरी कार्यालय बाजुरामले आफ्नो टोली त्यस तर्फ जान लागेको र विस्तृत विवरण बुझ्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक हरी ओलीले बताएका छन् ।  उता मालिक र चालक आफै भएकाले गाडी चालक भने प्रहार रहेको खबर आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ