arrow

बन्दसूची : करिश्मा एक नम्बर, विनोद चौधरी ९१औँ नम्बरमा 

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
karisma_binod.jpg

काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ बन्द सूचीमा परेको उम्मेदवारहरुको नामावली सार्वजनिक भएको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले नायिका करिश्मा मानन्धरलाई एक नम्बरमा राखेको छ । 

सत्ताधारी नेपाली काँग्रेसले भरखरै भित्र्याएका उद्योगी विनोद चौधरी ९१औँ नम्बरमा परेका छन् । काँग्रेसले पहिलो नम्बरमा कोषाध्यक्ष सीतादेवी यादवलाई राखेको छ । दुई नम्बरमा पूर्व कोषाध्यक्ष चित्रलेखा यादव रहेका छन् । यस्तै, तीन नम्बरमा बालकृष्ण खाँण, चार नम्बरमा सुजाता कोइराला परेका छन् । 

माओवादीसँग गठबन्धन गरेको एमालेले पहिलो नम्बरमा विजय सुब्बालाई राखेको छ । खगेन्द्र राई दुई नम्बरमा परे, भने केशवलाल श्रेष्ठ तीन नम्बरमा परेका छन् । माओवादी केन्द्रले पहिलो नम्बरमा रेखा शर्मालाई राखेको छ । दुई नम्बरमा पूर्णाकुमारी सुवेदी र तीन नम्बरमा धर्मशीला चापागाई परेका छन्। 

पशुपति राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले धु्रबहादुर प्रधानलाई एक नम्बरमा राखेको छ । प्रधान पूर्वप्रहरी महानिरीक्षक समेत छन् । कमल थापा नेतृत्वको राप्रपाले बुद्धिमान तामाङ्लाई एक नम्बरमा राखेको छ । नेपाल मजदुर किसान पार्टीले नरेन्द्र प्रसाद हुमागाईलाई एक नम्बरमा राखेको छ । 

राष्ट्रिय जनमोर्चाबाट पार्टी अध्यक्ष चित्रबहादुर केसी नै पहिलो नम्बरमा परेका छन् । विवेकशील साझा पार्टीबाट अनुषा थापा अमात्य पहिलो नम्बरमा परेका छन् । यस्तै, संघीय समाजवादी फोरमले परशुराम बस्नेतलाई पहिलो नम्बरमा राखेको छ । राष्ट्रिय जनता पार्टी राजपा नेपालको समानुपातिक सूचीमा चन्दा चौधरी पहिलो नम्बरमा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ