arrow

रमेश लेखकले कञ्चनपुरमा के के गरे, अब के के गर्दैछन् ?

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
ramesh_lekhak.jpg

कञ्चनपुर । कञ्चनपुरबाट निर्वाचित भएका नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रिय स्तरमा मात्र नभएर जिल्लाको समग्र विकासका लागि दूरगामी प्रभाव पार्ने विकास निर्माणका काम गरेका छन् । उनकै पहलमा कञ्चनपुरमा अहिलेसम्मकै सबैभन्दा बढी रकम बजेट विनियोजन भएको छ । अरु नेताले दश वर्षमा गर्नसक्ने विकास निर्माणका काम उनले एक वर्षमै गरेर देखाएका छन् । 

एक वर्षमै जिल्लामा ४२ पुलका लागि बजेट विनियोजन भएर काम अगाडि बढ्नु आफैमा रेकर्ड हो । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणको काम अगाडि बढाएर उनले कञ्चनपुरको विकासका लागि साच्चिँकै चाहिने नेताको रुपमा आफ्नो छवि उचो बनाएका छन् । जनतासँग गरेका अधिकांश बाचा पुरा गरेका लेखकलाई अझै समृद्घ कञ्चनपुर बनाउने नयाँ एजेन्डा छन् । 

कञ्चनपुरलाई देशकै सबैभन्दा ठूलो त्रिदेशीय  व्यापारिक नाका (नेपाल, चीन र भारत) का रूपमा विकास गरी कञ्चनपुरलाई औद्योगिक र व्यापारिक केन्द्रका रूपमा विकास गर्ने  र हाल बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थललाई विस्तार गरेर सञ्चालनमा ल्याउने उनका अबका एजेन्डा हुन । 

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेता लेखकले आफू निर्वाचित भएपछि गरेका मुख्य काम र अबका दिनमा गर्नु पर्ने कामको प्रतिबद्धता यसरी व्यक्त गरेका छन । 
हालसम्म गरेका राष्ट्रिय स्तरका कार्यहरू 
१. तत्कालीन माओवादीसँग वार्ता गर्न सरकारी वार्ता टोलीको सदस्य भई मुलुकमा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको।

२. संविधान निर्माण क्रममा मस्यौदा समिति र यस अन्तर्गतको संविधानलाई अन्तिम रूप दिने कार्यदल, मौलिक हक तथा अधिकार समिति र न्यायपालिका समितिको संयोजकलगायतका महत्वपूर्ण समितिमा काम गरी सविंधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ।

३. श्रम तथा यातायात मन्त्री हुँदा दक्षिण कोरियासँग श्रम सम्झौता गरी रोजगार अनुमति प्रणाली (ईपीएस) को सम्झौता गरेको । उक्त सम्झौताअनुसार दक्षिण कोरियामा अहिले ५० हजार युवा रोजगारमा रहेका छन् ।

४. वैदेशिक रोजगारीभित्र रहेका विकृति र विसंगति समाप्त गरी त्यसलाई व्यवस्थित र मर्यादित मनाउन नयाँ कानुन निर्माण गरेको ।

५. नेपालको कुनै पनि राष्टसँग श्रमसम्झौता नभएको तत्कालीन अवस्थामा दक्षिण कोरिया, यूएई, कतार र बहराइनसँग श्रम सम्झौता गरेको ।

६. वैदेशिक रोजगारीमा जाने युवाहरूको लागी जीवन बिमा, वैदेशिक रोजगार कल्याण कोष, वैदेशिक रोजगार न्यायाधिकरण र वैदेशिक रोजगार प्रर्वद्धन बोर्डलगायतको व्यवस्था गरेको ।

७. भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा लामो समयदेखि विवाद र अन्योलमा रहेको काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्याक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने राष्ट्रवादी र ऐतिहासिक निर्णय गरेको ।

८. लामो समयसम्म अन्योल र अवरुद्ध रहेको झापादेखि कञ्चनपुरसम्मको हुलाकी राजमार्गका विभिन्न खण्ड (८ सय किमि) निर्माण कार्य प्रारम्भ गरेको ।

९. राष्टिय गौरवका आयोजनाको निर्माण कार्यलाई समयमा निर्माण गर्न र गुणस्तर बनाउन विशेष निर्णय गरेको ।
 

- कञ्चनपुर जिल्लाको लागि गरेका कामहरू
१.भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा अहिलेसम्मकै ठूलो बजेट कञ्चनपुरका लागि छुट्याएको ।

२. भीमदत्त नगरपालिका र महाकाली नगरपालिका (दोधरा चाँदनी) महाकाली नदीको बाढीबाट जोगाउन नदीको दुवै किनारामा नमुना बाँध निर्माण गरेको । 

३. महाकाली नदीमा एसियाकै नमुना झोलुंगेपुल निर्माण गरेको ।

४. भिनपाअन्तर्गत चुरेफेदीको (घाडीघाच) क्षेत्रमा विद्यमान खानेपानीको ठूलो समस्या देखेर बृहत् खानेपानी आयोजना निर्माण गरी खानेपानी समस्या समाधान गरेको ।

५.चुरेबाट बग्ने नदीको बाढीप्रकोपबाट भिनपालाई जोगाउन कानिकोट  खोला बाढी नियन्त्रण खन्यखोला बाढी नियन्त्रण (निर्माणाधीन) लगायत बाढी निर्माणका कार्य अगाडि बढाएको ।

६.जोगबुढामा बाढी नियन्त्रणका लागि महाकाली नदीको जस्तै नमुना बाँध बनाउने काम जारी रहेको ।

७.महेन्द्रनगर भासीदेखि ब्रह्मदेवसम्मको राजमार्ग निर्माणका लागी ४५ करोड बजेट छुट्याएर निर्माणकार्य शुभारम्भ गरेको ।

८. भिनपाका १९ वटै वडाभित्र सहरी सडक निर्माणका लागि २३ करोड २४ लाख बजेट छुट्याएर निर्माणकार्य अगाडि बढाएको ।

९.दोधरा चाँदनीमा बैलबन्धदेखि कुतियाकबर (३० करोड),  झोलुंगे पुलदेखि जमुनाघाडी (१५ करोड) , जोगबुढा नदीको बाबास्थान नजिक पुल (१८ करोड), दोधरा चाँदनी मलेरिया नालामा ६ वटा पुल ( २८ कुरोड ५० लाख ) निर्माणको कार्य शुभारम्भ गरेको । 

१०.झोलुंगेपुलदेखि कुतियाकबरसम्म सडक निर्माणाधीन रहेको । 

११. जोगबुढा नदी पारि रहेको सबै बस्तीहरू जोड्न चार वटा झोलुंगेपुल निर्माण गरेको । 

१२. महाकाली नदीमा चार लेनको पक्की पुल र गड्डाचौकीदेखि दोधरा चाँदनीसम्म ८ किमि चार लेनको राजमार्ग निर्माण गर्न ठेक्का सम्झौता भई निर्माणकार्य प्रारम्भ गरेको ।

१३. कञ्चनपुर जिल्लामा सुप विश्वविद्यालय स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको ।
          
अबको एजेन्डा 
१ . कञ्चनपुरलाई देशकै सबैभन्दा ठूलो त्रिदेशीय  व्यापारिक नाका (नेपाल, चीन र भारत) का रूपमा विकास गरी कञ्चनपुरलाई औद्योगिक र व्यापारिक केन्द्रका रूपमा विकास गर्ने ।

२. हाल बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थललाई विस्तार गरेर सञ्चालनमा ल्याउने ।

३.महाकाली अञ्चल अस्पताललाई स्तरोन्नति गर्ने ।

४.बाढी नियन्त्रणका बाँकी काम पूरा गर्ने ।

५.सडक र पुल निर्माणका बाँकी काम पूरा गर्ने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ