arrow

रामेछापको सुनापति गाउंपालीकालाई दंगाग्रस्त क्षेत्र घोषणा

logo
वद्री नयाघरे,
प्रकाशित २०७४ मंसिर ४ सोमबार
jhadap.jpg.jpeg

रामेछाप।  जिल्लाको प्रदेशसभा (ख) अन्तर्गत सुनापति गाउंपालीका वडा नं ४ लाई स्थानिय प्रसाशनले दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
 
सोमवार वसेको जिल्ला सुरक्षा समितिको वैठकले आगामी १० गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको प्रचारप्रसारको क्रममा मंसिर ५ गते सुनापती गाउपालीका वडा नं ४ स्थित वेथानको डहुमा कम्युनिष्ट गठवन्धनले सयुक्त रुपमा गर्न लागेको जनसभामा दोहोरा झडपको सम्भावना आंकलन गरी सुरक्षा समितिको वैठकले उक्त क्षेत्रलाई दगांग्रस्त क्षेत्र घोषणा गरेको हो ।
 
वैठकले स्थानिय प्रसाशन ऐन २०२८ को दफा ६ को (ख) बमोजीम सो निर्णय गरेको जल्ला प्रसासन कार्यालयले जनाएको छ । स्थानिय प्रसाशन ऐन अन्गर्त सो दगांग्रस्त क्षेत्रमा  विहान देखी नै कायम हुने गरी कुनै पनि सार्वजनिक स्थानमा ४ जना भन्दा वढी भेला तथा सहभागी हुन नपाउने गरी दंगाग्रस्त क्षेत्र घोषणा गरेको स्थानिय प्रशासनले जनाएको छ ।

करिव १ हप्ता अघि कम्युनिष्ट गठवन्धनले वेथानको डहुमा गर्न लागेको कार्यक्रममा सोही गठवन्धन अन्तर्गतका असन्तुष्ट कार्यकर्ताहरुले अवरोध पुर्याएपछि स्थगित गरिएको उक्त कार्यक्रम मंसिर ५ गते बृहत जनसभा गर्ने निर्णय कम्युनिष्ट गठवन्धनले गरेको थियो । सोही आधारमा गठवन्धनले मंसिर ५ गते पूर्ण तयारीका साथ विशाल जनसभाको कार्यक्रम तय गरिरहेको अवस्थामा आज मन्थलीमा वसेको जिल्ला सुरक्षा समितिको वैठकले सुनापती गाउपालीका वडा नं ४ स्थित साविकको वेथान गाविसलाई नै दगां ग्रस्त क्षेत्र घोषणा गरेको जानकारी रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले जानकारी दिए ।

उक्त जनसभामा आफ्नो जनशक्ती प्रदर्शन गर्ने गठवन्धनको व्यापक तयारी सगै उसका कार्यकर्ताहरुले आवश्यक परे आन्तरीक रुपमा मुठभेडमा जाने तयारी गरेको र स्थानिय असन्तुष्ट पक्षले पनि उक्त ठाउमा कार्यक्रम हुन नदिनको लागि आवश्यक सवै किसिमको तयारी गर्दै गरेको सुरक्षा सूचनाको आधारमा वेथानलाई दगांग्रस्त क्षेत्र घोषणा गरेको हो ।

अघिल्लो कार्यक्रममा स्थानिय असन्तुष्ट पक्षका कार्यकर्ताहरुले अवरोध सिर्जना गरेपछि जिल्लाको सिगों कम्युनिष्ट गठवन्धनले त्यसलाई प्रतिष्ठाको बिषय वनाउदै मंसिर ५ गते वेथानको डहुमा जनसभा गर्ने र त्यसका लागि आन्तरिक रुपमा कार्यकर्ताहरु परिचालन गरि व्यापक रुपमा लठ्ठी, बास लगाएतका सामाग्रीहरु जम्मा गरेको र असन्तुष्ट पक्षले पनि सोही आधारमा आफ्ना सामाग्रीहरु जोहो गर्न लागेपछि सम्भावीत सुरक्षा खतराबाट जोगाउन डहु र सिगों वेथान क्षेत्रलाई दगांग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाले दिए ।

उनका अनुसार उक्त स्थानमा कार्यक्रम विथोलिए देखीनै सुस्म रुपमा प्रसासनले डहु र गाल्वा पारीको क्षेत्रलाई विशेष निगरानी गर्दै आएको थियो । सोही निगरानी र स्थलगतरुपमा प्राप्त रिर्पोटका आधारमा सम्भावित झडप हुनवाट टार्न र आगामी निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गराउने अभियान अन्तर्गत जिल्ला सुरक्षा समितिको वैठकले निर्णय गरेको वताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ