- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नुवाकोट । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ । आसन्न चुनावलाई असर गर्ने गतिविधिमा संलग्न रहेको भन्दै दुप्चेश्वर गाउँपालिका–६, समुन्द्रटारका २८ वर्षीय अनन्त धिताललाई प्रहरीले पक्राउ गरेको हो । उनी नेकपाको जिल्ला सदस्य भएको प्रहरीले जनाएको छ ।
गएको शुक्रबार ककनीमा बम विस्फोट गराएको घटनामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरिएको बताइएको छ । यद्यपि, धिताल विष्फोटको घटनामा संलग्न भए, नभएको खुलिनसकेको नुवाकोट प्रहरीले जनाएको छ ।