arrow

गुरु बरालको मत माग्न नयाँ कार्यकर्ता थपियो, चोक चोकमा मत माग्दै रोबर्ट

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
roburt_mat_magdai.jpg

कास्की । कास्की क्षेत्र नं २ का प्रदेश तर्फ क का उम्मेदवार गुरु बरालका लागि अहिले कार्यकर्ताले मात्रै होईन रोबर्टले समेत मत माग्न थालेको छ । मंगलबार कास्कीको विभिन्न ३ वटा वडामा कार्यकर्ताहरुसँगै रोबर्टले पनि उनको लागि मत मागेको काँग्रेस कार्यकर्ता किरण बरालले जानकारी दिए । 

नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका नेविसंघका पूर्व उपाध्यक्ष समेत रहेका बरालको लागि मंगलबार पोखरा लेखनाथ महानगरको वडा नं ३३, ७ र १७ मा रोबर्टले मत मागेको थियो । रोबर्टलाई कार्यकर्ताहरुसँगै मत माग्नमा परिचालन गरिएपछि त्यहाँका स्थानीयहरु अचम्मित बन्दै उनको प्रचारप्रसारमा सहभागी भएका थिए । 

चुनावी प्रचार कार्यक्रममा बोल्दै उम्मेदवार बरालले बामपन्थीहरु संविधान खारेज गर्न तर्फ उन्मुख रहेको भन्दै लोकतन्त्रको रक्षाको लागि नेपाली काँग्रेसलाई मत दिनुपर्ने बताएका छन् । उनले आफू जनताको सेवा गर्नको लागि राजनीतिमा आएको भन्दै आफू चुनाव जितेपनि चुनाव हारेपनि आफ्नो सिद्धान्तप्रति अडिक रहेको बताएका छन् । 

आफ्नो क्षेत्रको विकास र त्यसपछि समग्र देशको विकास भन्ने दृढ सिद्धान्तका साथ चुनावी प्रचारमा आफू होमिएको भन्दै उनले भने काँग्रेसले मात्रै मुलुकलाई विकास र निकास दिनसक्ने बताए । 




लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ