arrow

श्रीमानका हत्यारा अग्नि सापकोटालाई भोट नदिन पीडितको आग्रह

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
agni-purnima.JPG

काठमाडौं । आफ्नो श्रीमान्का हत्यारा अग्नि सापकोटालाई भोट नदिन एक पत्नीले आग्रह गरेकी छिन् । 

माओवादी सशस्त्र युद्धका क्रममा ज्यान गुमाएका अर्जुन लामाकी पत्नी पूर्णिमा लामाले आफ्नो श्रीमान्को हत्या अग्नि सापकोटाको निर्देशनमा गरिएको भन्दै एमाले र माओवादी केन्द्रको कम्यूनिष्ट गठबन्धनलाई भोट नदिन आग्रह गरेकी हुन् । 

अर्जुनको ०६१ सालमा काभ्रेमा शंकाकै भरमा तामाङ गाउँहरुमा घुमाएर सापकोटाकै निर्देशनमा हत्या भएको थियो । 

आदिवासी जनजातिका लागि लडेको माओवादी पार्टीका नेताले यसरी अर्जुनको हत्या गराएपछि अहिले बदला लिने मनस्थितिमा जनजातिहरु रहेका छन् । 

एमाले र माओवादीको गठबन्धनलाई भोट नदिन पूर्णिकाले सार्वजनिक अपिल गरेकी हुन् । 

उनले सार्वजनिक अपिलमा भनेकी छिन््, ‘म १५ वर्षदेखि न्यायको माग गर्दै आइरहेकी छु, तर न्याय पाइन, यही मौका हो एमाले र माओवादीलाई हराएर मलाई न्याय दिने, मलाई न्याय दिनुस् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ