arrow

जिम्बावेमा मुगाबेको ३७ वर्षे शासन ढल्यो, खुशीयालीमा देशै झुम्यो

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
mugabe.jpg

काठमाडौं। जिम्बावेमा ३७ वर्षदेखि शासन गर्दै आएका ९३ वर्षे राष्ट्रपति रोबर्ट मुगाबेले अन्ततः पदबाट राजीनामा दिएका छन्। आफ्नी पत्नी ग्रेस मुगाबेलाई उत्तराधिकारी बनाउन खोज्दा विवाद भएपछि अन्ततः मुगाबेले नै कुर्सीबाट हात धुन बाध्य भएका हुन्। उनले श्रीमतीलाई उत्तराधिकारी बनाउन खोजेपछि त्यहाँको सेना र नागरिक विरोधमा उत्रिएका थिए। सेनाले शक्ति हातमा लिँदै मुगाबेलाई घरमै नजरबन्दमा राखेको थियो।

महाअभियोगको सामना गर्नुपर्ने स्थिति आएपछि मुगाबेले राजीनाम दिएका हुन्। मुगाबेले राजीनामा दिएपछि देशै झुमेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले मुगाबेले देश नै छाड्न सक्ने अड्कल गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ