arrow

काश्मिरको सुरक्षा व्यवस्थामा कडाई

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
kasmirattack.jpeg

काश्मिर । भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि  सुरक्षा व्यवस्था कडा बनाइएको समाचार छ । 

सधैँजसो अशान्त नै भइरहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारीहरुले थप हिंसा मच्चाउनसक्ने अनुमानमा प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या मङ्गलबार साँझदेखि त्यहाँ खटाइएको छ । मङ्गलबार बिहानमात्र सो क्षेत्रमा सुरक्षाकर्मीको गोली लागेर उनीहरु मारिएका थिए । अर्ध सैन्यबल र ती आतङ्ककारीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारहरुले जानकारी दिएका छन् । 

भारत नियन्त्रित काश्मिरको प्रान्तीय राजधानी सहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा पर्ने कुप्वारा जिल्लाको मगाम हान्दवारा गाउँमा ती आतङ्ककारी मारिएका थिए । भारतीय प्रहरी काश्मिरका प्रवक्ताले जानकारी दिएअनुसार उक्त क्षेत्रमा निकै लामो समयदेखि उक्त आतङ्ककारी समूहमा आवद्ध लडाकूहरुको क्रियाकलापहरु बढिरहेका थिए । सो घटनालगत्तै मङ्गलबार बिहान पनि सो इलाकामा प्रहरी कारबाही जारी नै रहेको प्रहरीले जनाएको थियो । मङ्गलबार साँझबाट थप सैन्य बलले गस्ती सुरु गरेको बताइएको हो । 

भारतीय सहर मुम्बाईमा सन् २००८ मा भएको आक्रमणमा पनि यही लासकार ए तोइबा नामक आतङ्ककारी सङ्गठनको हात रहेको भारतले जनाउदै आएको छ । यस आक्रमणमा परी १६६ व्यक्तिको मृत्यु भएको थियो भने अरु सय भन्दा बढी घाइते भएका थिए । त्यसयता भारत सरकारले उक्त समूहलाई आतङ्ककारी समूहका रुपमा व्यवहार गर्दै आएको छ । एएफपी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ