arrow

ईयुका निर्वाचन पर्यवेक्षकलाई हटाउने निर्णय

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडाैँ । निर्वाचन आयोगले युरोपियन यूनियनका प्रतिनिधिलाई निर्वाचन पर्यवेक्षणमा रोक लगाउन माग गर्दै आएको सिफारिस सदर गरेको छ । आयोगको विहिबार बसेको बैठकले युईका प्रतिनिधिलाई कञ्चनपुरबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।

निर्णयमा प्रदेश नम्बर ७ का जिल्लाहरुमा खटिएका अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुलाई तत्काल फिर्ता बोलाउन सम्बन्धि संस्थालाई परराष्ट्र मन्त्रालयमार्फत जानकारी गराउने भनिएको छ । फिर्ता बोलाइएकामा इयु इओएमका दीर्घकालीन पर्यवेक्षक लार्स–गोरेन प्लागमेन र ईभा सुहोनन् रहेका छन् ।

कात्तिक अन्तिम हप्ता कञ्चनपुर पुगेको युनियनको तीन सदस्यीय टोलीले आचारसंहिताविपरित काम गरेको उनको भनाइ छ । टोलीमा लार्स गोरेन प्लागमेन, इभा सुहोनन् र नेपाली दोभाषे पुष्कर पाण्डे संलग्न थिए ।

उनीहरुलाई जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा पर्यवेक्षण र अनुगमन गर्न नदिन मंगलबार आयोगमा चिठी पठाइएको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले जानकारी दिए ।

‘युरोपियन यूनियनको टोली जिल्ला अदालतमा प्रवेश गरी कर्मचारीसँग जिल्लाको राजनीतिक अवस्था र अदालतको जनशक्ति लगायतका विषयमा सोधपुछ गर्ने जस्ता कार्य आपत्तिजनक भएको ठहर गर्दै ईयू टोलीलाई कञ्चनपुरमा निर्वाचन पर्यवेक्षणमा रोक लगाउन सिफारिस गरिएको हो,’ आचार्यले भनेका छन् । उनीहरुले अदालतको क्षेत्राधिकार मिचेको देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ