arrow

विराटनगरलाई धुलोमुक्त बनाउन माग

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
biratnagar-in-nepal-new-news.jpeg

विराटनग । मोरङका छवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये तीनवटा निर्वाचन क्षेत्रसँग जोडिएका विराटनगरका मतदाताले सबैभन्दा बढी सडक निर्माणको मागलाई अघि सारेका छन् । 

'सुख्खामा धुलाम्मे र वर्षामा हिलाम्मे' अवस्थाबाट आजित विराटनगरका मतदाता यस कठिनाइबाट कहिले मुक्त हुन पाइन्छ भन्दै उम्मेदवारसँग प्रश्न गर्दै आएका छन् । 

मोरङको छवटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं ४, ५ र ६ प्रतिनिधिसभा क्षेत्रमा विराटनगरका मतदाता पर्छन् । क्षेत्र नं ४ मा ९९ हजार १२३ मतदातामध्ये विराटनगरको १, २, ३, ८, १० र १९ वडाका गरी ४१ हजार ४७ मतदाता छन् । 

त्यसैगरी, क्षेत्र नं ५ मा कूल ८९ हजार २८७ मतदातामध्ये विराटनगरको १३ देखि १८ नं वडासम्मका २९ हजार ४०२ तथा क्षेत्र नं ६ मा कूल एक लाख १० हजार ३२२ मतदातामध्ये विराटनगरको ५२ हजार ८८३ मतदाता रहेका छन् । 

यी तीनवटै संसदीय क्षेत्रका उम्मेदवारको हारजितमा विराटनगरका मतदाता उलटफेर गर्ने क्षमता राख्छन् । त्यस्तो अवस्थामा पनि ऐतिहासिक नगरी विराटनगर यतिखेर धुलोले ढाकिएको अवस्थामा छ । सो कारणले विराटनगरका मतदाताले उम्मेदवारसमक्ष पहिलो प्राथमिकतामा यहाँको धुलो र हिलोबाट मुक्त हुने माग राख्दैआएका छन् । 

विराटनगरका मतदाता माधव अधिकारी सफा विराटनगर, धुलो र हिलोमुक्त विराटनगर सबैको साझा माग रहेको बताछन् । 

करिब  तीन अर्बको लगानीमा विराटनगरको ढल, सडक, नाला र प्रशोधन केन्द्र स्थापनाका लागि एशियाली विकास बैंकको ८१ प्रतिशत अनुदान, ११ प्रतिशत नगरविकासको ऋण र आठ प्रतिशत विराटनगर महानगरपालिको लगानीमा ६२ किमी पक्की ढल तथा ६५ किमी सडकलाई कालोपत्र गर्नेलगायतका काम थालिएको हो । 

सन् २०१३ डिसेम्बर २ तारेखमा सम्झौता भई २०१६ मईमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । निर्धारित समयमा काम सम्पन्न गर्नका लागि सिटिसिई कालिका कम्पनीलाई ठेक्का दिइएको थियो । 

निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि निर्माणका लागि अवधि थप गरिएको छ । तर, सुस्त गतिले काम भइरहेकाले थपिएका समयमा पनि काम सम्पन्न हुने सम्भावना नदेखिएपछि उम्मेदवारसँग मतदाताले प्रतिबद्धता माग गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ