- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इजिप्ट । इजिप्टको एक मस्जीदमा शुक्रबार गराइएको आतंकवादी आक्रमणमा परी कम्तिमा २३५ जनाको मृत्यु भएको छ ।
घटनामा एक सय भन्दा बढी घाइते भएका छन् । नमाज पढिरहेकाहरुमाथि लक्षित गरी आतंककारीले हमला बोलेका थिए ।
उनीहरुले पहिले बम विष्फोट गराएका थिए भने त्यसपछि अन्धाधुन्ध गोली चलाएका थिए । साइनाइस्थित मस्जीदमा उक्त आक्रमण भएको हो ।
घाइतेहरुमध्ये धेरैजसो गम्भिर भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति अब्दुल फतह अल सिसिले आक्रमणको बदला लिइने बताएका छन् । सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।
घटनाको जिम्मा कसैले लिएको छैन । इजिप्टको इतिहासमा यो अहिलेसम्मकै ठूलो आतंकवादी हमला हो ।