arrow

पहिलो चरणमा मतदान हुने ३२ जिल्ला : कहाँ‍-कहाँ चल्दैनन् गाडी ?

पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, वीपी राजमार्गमा आवागमन प्रभावित हुने

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
32-jilla.png

काठमाडौं । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन हुने ३२ जिल्लामा आइतबार (भोलि) सवारीसाधन बन्द हुने भएको छ ।

३२ जिल्लामा शनिबार मध्यराति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सवारी नचल्ने भएका हुन् । निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन रोक लगाउन भनेपछि हिमाली तथा पहाडी जिल्लामा सवारी प्रभावित हुनेछ ।

आइतबार साँझ ५ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएकाले त्यही अनुसार तयारी गर्न निर्वाचन आयोगले सूचना नै जारी गरेको छ ।

आयोगको यस्तो निर्णयसँगै पृथ्वी राजमार्ग र अरनिको राजमार्ग भएर ओहोर–दोहोर गर्ने सवारीसाधन बढी प्रभावित हुने देखिएको छ । पृथ्वी राजमार्गको केही भाग धादिङ र गोरखामा पर्छ । धादिङमा आइतबार  मतदान हुँदैछ । त्यसैगरी, अरनिको राजमार्गसमेत प्रभावित हुनेछ ।

विपी राजमार्ग भएर रामेछाप, ओखलढुंगा जाने सवारीलाई समेत चुनावले असर गर्ने भएको छ । मतदान हुने जिल्लामा निजी र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइए पनि सुरक्षा निकाय र निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका साधन भने निर्वाध रुपमा चल्न पाउने छन् । अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल निर्वाध चल्ने छन् ।

कुन कुन् जिल्लामा हुँदैछ मतदान ?
प्रदेश नं १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,
प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,
प्रदेश नं ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश नं ५ : रूकुम ९पूर्वी भाग० र  रोल्पा,
प्रदेश नं ६ : रूकुम ९पश्चिम भाग०, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,
प्रदेश नं। ७ : दार्चुला, बझाङ, बाजुरा र  बैतडी ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ