arrow

निधिको स्वास्थ्यबारे राष्ट्रपतिले राखिन् चासो

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
Bidhya-Bhandari-naya-news.jpg.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओम अस्पतालमा उपचार गराईरहेका काँग्रेस नेता विमलेन्द्र निधिको स्वास्थ्य स्थितिबारे चासो राखेकी छन् ।

राष्ट्रपति भण्डारीले शनिबार आफ्ना राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेल र सञ्चारविज्ञ माधव शर्मालाई अस्पताल पठाई निधिको अवस्था बुझ्न लगाइन् ।

निधिलाई चिकित्सकले निमोनिया भएको भनेका छन् । उपचार गराइरहेका नेता निधिले राष्ट्रपतिबाट व्यक्त चासो र स्वास्थ्यलाभको कामनाप्रति आभार प्रकटगरेका छन् । निधिले केही दिन अघि नै अस्पतालबाट वक्तव्यमर्फत आफुलाई सञ्चो हुँदै गएको जानकारी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ