arrow

रोवोर्ट पछि ड्रोनबाट प्रचार गर्दै कास्की काँग्रेसका उमेद्वार गुरु वराल

नयाँ नयाँ प्रचार शैली लिएर उत्रिए गुरु

logo
प्रकाश ढकाल,
प्रकाशित २०७४ मंसिर ९ शनिबार
dron-congress-prachar-guru.jpg

पोखरा । कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’मा काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका गुरुप्रसाद बरालले प्रचारलाई फरक शैलीबाट अगाडि बढाईरहेका छन् । 

केहि दिन अगाडि मात्रै आफ्नो लागि रोबोटमार्फत भोट मागेका बरालले शनिबार कृस्तीको डाँडाबाट चारतारे काँग्रेसको झण्डासहितको ‘ड्रोन’ उडाएका छन् ।

‘रिमोट कन्ट्रोल सिस्टम’बाट चल्ने ड्रोन नेपाली काँग्रेसको झण्डासहित गाऊँ परिक्रमा गरेको थियो । 

फरक शैलीबाट उनले जनमत आफ्नो पोल्टामा पार्ने तरिका अपनाईरहेका छन् । 

उनले पछिल्लो पुस्तालाई प्रविधिसँग जोडेर विकास र सम्बृद्धिको क्रान्ति गर्ने साँकेतिक तरिका ‘ड्रोन’ र ‘रोबोट’को माध्यमबाट अपनाइएको बताए ।

‘जनता लामो र पत्यारलाग्दो भाषणसहितको पुरानो शैलीको चुनावी प्रचारबाट आजित भैसकेका छन् । अब उनीहरु केहि गरोस् र नयाँ शैलीमा गरोस् भन्ने चाहना राख्छन् । त्यसैले मैले प्रचारलाई अरुभन्दा केहि फरक तरिकाले अगाडि बढाएको हुँ ।’ बरालले भने । 

बरानले काँग्रेसको झण्डासहितको ‘ड्रोन’कृस्ती गाउँमा डुलाउँदा त्यहाँका स्थानियहरुले अचम्म मानेर हेरेका थिए । गुरु बरालको यस्तो खाले चुनावी प्रचारलाई गाउँलेले निकै रुचाए ।

बरालले कृस्तीको नाच्नेचौरमा घरदैलो कार्यक्रम गर्न समेत भ्याए । उनले त्यहाँका प्रत्येक घरमा पुगेर आफ्नो पक्षमा भोट मागे । 

‘यो क्षेत्रको विकास र सम्बृद्धिको लागि केहि गर्ने सोँचसहित तपाईको घरमा भोट माग्न आएको छु ।मेरो उर्जालाई खेर जान दिनुहुनेछैन भन्नेमा विश्वस्त छु । रुखमा भोट हालेर मलाई जिताउनुहोला ।’ उनले त्यहाँका मतदाताहरुसँग आग्रह गरे ।

कृस्तीका स्थानियबासीले ‘अब केहि गर्नेलाई मात्र भोट दिने’ बताएका थिए । अघिल्ला चुनावहरुमा निर्वा्चित गराएका उम्मेदवारहरुले खासै काम नगरेको गुनासो उनीहरुले गरेका थिए । गुरु बरालको प्रचार शैली र युवा उर्जा देखेपछि उनलाई भोट दिने वचन त्यहाँका मतदाताहरुले दिएका छन् । 

बरालको चुनावी अभियानमा खटिएका तरुण दलका नेता किरण बरालले नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्ड भित्र रहि २ केजी भन्दा कम तौलको ड्रोन २ सय फिट भन्दा तल उडाइएको बताए। 

Image may contain: one or more people, sky, crowd, outdoor and nature



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ