arrow

तारकेश्वरमा रक्षामन्त्री प्रधानले अँगालो मारेर भित्र्याए माओवादी नेतालाई

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
pardhan.jpg

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित एमाले र राप्रपाका चार दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा आएका छन् ।

काठमाडौ क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिका २ पिपलबोटमा आयोजित  कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव तिमल्सिना र नेकपा एमालेका शुशील देवकोटा  सहित ४ दर्जन नेता तथा कार्याकर्तालाई प्रतिनिधीसभा सदस्य उमेदवार भिमसेनदास प्रधान र काग्रेस काठमाडौका सभापती सबुज बानियाले कांग्रेस भित्राएका हुन ।

माओवादी केन्द्र छोडेर काग्रेस प्रवेस गरेका तिमल्सिनाले लोभी पापी हरु को उदण्डता देखेर आफु सबैको अभिभावक पार्टी कांग्रेस प्रवेश गरेको बताए ।

युवा शक्तिलाई कम्युनिसष्ट शक्तिहरुले अपराधमा  मात्र संलग्न गराउने काम गरेको भन्दै उनले कांग्रेस कै नेतृत्वमा संविधान जारी भएको  र अब जनताले संबृध्ही चाहेको भन्दै त्यस्को नेतृत्व पनि कांग्रेस बाट नै सम्भव हुने बताए ।

कार्यक्रममा रक्षामन्त्री समेत रहेका उमेदवार एवम क्षेत्र नम्बर ६ का प्रतीनिधी सभा सदस्य पदका उमेदवार प्रधानले कम्युनिष्ट शक्ती हरुले जनतामा गठवन्धनका नाममा भ्रम छर्न खोजेको  भन्दै  कांग्रेसको नेतृत्वले नै मुलुकलाई आजको अवस्था सम्म ल्याएको र अव मुलुकलाई संबृदी तर्फ अगाडी बढाउने बताए ।

यस्तै जिल्ला सभापती सबुज बानियाँले  बाम गठवन्धन को यथार्थ नेपाली जनता ले बुझी सकेको भन्दै जनता कसलाई मत दिने भन्नेमा सचेत रहेको धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ