arrow

एमाले वडा अध्यक्षले कुटे उद्योग वाणिज्य महासंघका अध्यक्षलाई, स्थानियले राती नै घेरे प्रहरी कार्यालय 

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
CPN-UML-Flag.jpg.jpeg

मोरङ । मोरङ ३ मा नेकपा एमालेका कार्यकर्ताहरु गुण्डागर्दीमा उत्रिएको आरोप प्रतिष्पर्धी दलले लगाएका छन्। 

उनीहरूले शनिवार राति काँग्रेस कार्यकर्ता धनकुमार तामाङ माथि आक्रमण गरेका छन् । 

तामाङ एक साता अघि मात्र झण्डै दर्जनौ कार्यकर्ता सहित काँग्रेस प्रवेश गरेका थिए । 

पथरी उद्योग बाणिज्य संघको अध्यक्ष समेत रहेका तामाङलाई यस अघि पनि सामान्य विवादमा दुख दिइएको उनले बताउँदै आएका थिए।    

चुनावी प्रचार सकेर राति ९ बजेतिर घर फर्कदै गरेका तामाङ माथि घर पस्नै लाग्दा पथरीशनिश्चरे –१ का वडाध्यक्ष बाबुराम येङ्देनको समूहले आक्रमण गरेको स्थानीय प्रत्यक्षदर्शीले बताए । आक्रमण पछि तामाङ ढलेका थिए । 

वडाध्यक्ष एङ्देनले वेद साम्पाङ र प्रवेश बराइलीको  समेत  सहयोग लिएर तामाङ माथि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 

तामाङलाई उद्धार गर्न गएकी उनकी श्रीमती र छोरीलाई समेत हात पात एङ्देन समूहले लछारपछार पारेको स्थानीयले बताएका छन । 

सयौं जनाले प्रत्यक्ष देखेको घटनालाई ढाकछोप गरी एङ्देनलाई नपक्रेको भन्दै उनको परिवारले प्रहीको भूमिकामाथि प्रश्न उठाएको छ। 

स्थानीयले भने–सुरक्षाका लागि भन्दै वडाध्यक्षलाई प्रहरीले लगेको दाबी गरेका छन् ।

अहिले पथरी स्थित इलाका प्रहरी कार्यालयमा हजारौंको संख्यामा काँग्रेस कार्यकर्ता उपस्थित भएर वडाध्यक्षलाई हदैसम्मको कारवाही गर्न माग गरिरहेका छन् । 

मोरङ ३ मा बामगठबन्धनका उम्मेद्वार अप्ठ्यारोमा स्थितिमा पुगेपछि एमाले कार्यकर्ताहरू गुण्डागर्दीमा उत्रिएको स्थानीय प्रतिष्पर्धी दलको आरोप छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ