arrow

मतदान गर्ने अन्तिम इच्छा पुरा हुन पाएन निर्मलाको 

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
death-body-new.jpg.jpeg

काठमाडौं । दोलखाको तामाकोशी गाँउपालिका -६ स्थित महेन्द्र मावि मतदान केन्द्र आउने क्रममा एक युवतीको मृत्यु भएको छ ।

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न वुथमा पुग्ने क्रममा २५ वर्षीया निर्मला फुयालको मृत्यु भएको हो ।  बिरामी हुँदाहुँदै पनि संविधानको कार्यान्वयनको मुख्य कसीकाे रुपमा रहेको निर्वाचनमा मतदान गर्न छुटाउन नहुने भनि वुथसम्म अाएकाे परिवारका सदस्यले जनाएका छन् । फुयालको उकालो हिड्ने क्रममा अकस्मात हृदयघात भएपछि उनकाे निधन भएकाे हाे ।

उकाले हिड्दा समस्या भएपछि वुथमा पुगेर पनि उनले मतदान गर्न पाइनन् । पहिलो चरणकाे प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्ने अधिकार प्रयोग गर्न नपाउँदै निर्मलाको मृत्यु भएसँगै स्थानीयले दु:ख व्यक्त गरेका छन् ।

केही  महिना अधिमात्र भएको स्थानिय तहको निर्वाचनमा विभिन्न ठाउँमा तनाव खेप्नु परेकाे दाेलखामा याे निर्वाचन शान्तपूर्वक भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ