arrow

धनराज भीम रावलको अछाम पुग्दा जनसागरले डाँडै ढाक्यो

वाम गठबन्धनका १३५ कार्यकर्ता काँग्रेस प्रवेश

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
dhanraj_achham.jpg

अछाम । काँग्रेसले प्रदेश ७ को पहाडी जिल्ला अछाममा विशाल आमसभा गरेको छ । काँग्रेस केन्द्रीय सदस्य एवं निवर्तमान सांसद धनराज गुरुङले कमलबजारको उपस्थिति देखेपछि जनसागरले डाँडै ढाक्यो भनेका छन् ।

कार्यक्रमबाटै उनले ट्वीट गर्न समेत भ्याए । उनले ‘मुलुक हत्या–हिंसाबाट विच्छिप्त भईरहेका बेलामा नेपाली काँग्रेसले शान्तिको आव्हान गर्दा राजा ज्ञानेन्द्रले निरंकुशता लाद्न खोजेका थिए’–भनि सुनाए ।  

क्षेत्र नम्बर २ कमलबजार नगरपालिकामा लोकतान्त्रिक गठबन्धनको संयुक्त आमसभामा नेता गुरुङले राजा ज्ञानेन्द्रविरुद्ध सडक संघर्ष गरिरहँदा एमाले निरंकुश राजा ज्ञानेन्द्रको नारायणीहिटी दरबारमा माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाइदिन भन्दै पाउ ढोगिरहेको थियो, पनि भने ।

उनले चुनावको मुखमा वामपन्थी दलहरुले गठवन्धन गरेर चुनाव कुनै हालतमा जित्न नसक्ने जिकिर गर्दै अब लोकतन्त्रको रक्षाकालागि पनि काँग्रेसको आवश्यकता रहेको बताए ।

यस्तै, प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार राम बहादुर बिष्टले वामपन्थीका झुठा आश्वासनका पछि नलागेर अछाम समुन्नत देश निर्माण गर्ने पाटी नेपाली काँग्रेसको पछि लाग्नु पर्ने बताए ।

आमसभामा पूर्व सांसद अक्कल बहादुर विष्टलगायतले सम्बोधन गरे । कार्यक्रममा वाम गठबन्धनका एक सय ३५ जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरे । एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री भीम रावलको गृहजिल्ला अछाममा वाम गठबन्धन त्यागेर पार्टी प्रवेश गर्नेहरुको ताँतीनै लागेको बताइएको छ ।

एमाले र माओवादी केन्द्र तथा नयाँ शक्ति नेपाल परित्याग गरी एक सय ३५ जना नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् । विभिन्न पाटी परित्याग गरी काँग्रेस प्रवेश गरेकाहरुले अब लोतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्ने भएकाले यही पार्टी रोजेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ