arrow

तेह्रथुममा चुनावी माहोल कांग्रेसको पक्षमा, एकैदिन साढे दुई सय बढी कांग्रेसमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७४ मंसिर १० आइतबार
13.jpg

तेह्रथुम । तेह्रथुममा नेपाली कांग्रेसको पक्षमा जनलहर बढेको छ । कांग्रेसले लोकतान्त्रिक गठबन्धनका लागि जिल्लाकै लोकप्रिय महिला नेतृ, भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङलाई प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाएपछि जिल्लाबासीमा उत्साह छाएको हो ।

 राज्यमन्त्री गुरुङ देशकै थोरै मात्र प्रत्यक्षतर्फ उठ्ने महिला उम्मेदवारमध्ये एक हुन् , जसले समानुपातिक तर्फ आफ्नो नाम सुरक्षित हुँदा–हुँदै छाडेर प्रत्यक्षमा चुनाव लड्ने आँट गरे । कांग्रेसको केन्द्रीय समितिमा समेत राम्रो पकड भएकी राज्यमन्त्री गुरुङ तेह्रथुमबाट बहुदल स्थापनापछि सरकारमा प्रतिनिधित्व गर्ने एकमात्र नेतृ समेत हुन् ।

 फेरी पनि गुरुङले मात्रै राष्ट्रिय राजनीतिमा पहुँच स्थापना गर्नसक्ने भन्दै जिल्लामा एकाएक माहोल गुरुङको पक्षमा उर्लिएको छ । तेह्रथुम त्यस्तो जिल्ला हो, जहाँ बहुदल स्थापनापछिका अपवादमा ०६४ बाहेक सबै चुनाव बामपन्थीले जिते । तर यसपटक चुनावी माहोल कांग्रेसको पक्षमा देखिएको विश्लेषकहरु बताउँछन् ।

 एउटी युवा नेतृ, विकासप्रेमी, केन्द्रीय राजनीतिमा राम्रो पहुँच बनाएकी र सरकारमा समेत पुगिसकेकी नेतृ गुरुङको जितले जिल्लालाई समृद्धितर्फ लैजाने निष्कर्ष जिल्लाबासीले निकालेका छन् । प्रतिनिधि सभामा राज्यमन्त्री गुरुङ सहित प्रदेश सभामा समेत लोकप्रिय नेता कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगाना र शिक्षाप्रेमी नेता विजय सम्बाहाम्फेको टिम र एजेण्डाहरुलाई मतदाताले रुचाएका छन् ।

अहिले चुनाव प्रचार प्रसारमा रहेकी राज्यमन्त्री गुरुङ सहित कांग्रेस उम्मेदवारहरुले दैनिक पाँच वटासम्म चुनावी सभालाई सम्बोधन गरिरहेकी छन् ।  आइतबार राज्यमन्त्री गुरुङ सहित प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार सम्बाहाम्फेले सक्रान्ति, इवा, छातेढुंगा, चुहानडाँडा र थोक्लुङमा छुट्टा–छुट्टै चुनावी सभा गरेका छन् ।

सो अवसरमा बाम–गठबन्धन छाडेर साढे दुई सय बढी नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् । थोक्लुङमा अमर कन्दङवाको नेतृत्वमा १ सय ६० जना, चुहानडाँडामा अविचन्द्र घिसिङ र मनकुमारी तामाङको नेतृत्वमा ६० जना, इवा र सक्रान्तिबजारमा गरी २० जना एमाले र माओवादी केन्द्रका कार्यकर्तालाई युवा नेतृ गुरुङले कांग्रेसमा स्वागत गरेकी छन् ।  शनिबार मात्रै गुरुङले ५५ जना बढी युवाहरुलाई कांग्रेसमा भित्राएकी थिइन् ।

जिल्लाको म्याङलुङ्ग, छथर, लालीगुराँस, फेदाप र आठराई सबै क्षेत्रमा नेपाली कांग्रेसको पक्षमा जनलहर उर्लिएको नेपाल तरुण दलका जिल्ला अध्यक्ष विपीन निङ्लेकुले बताए । ‘तेह्रथुमबासीले सक्षम, शिक्षित र अनुभवी विकासप्रेमी लोकतान्त्रिक पक्षधर उम्मेदवारहरुलाई चयन गर्ने निर्णय गर्नुहुनेछ, जसरी अहिले लोकतन्त्रको पक्षमा देशैभरि जनलहर बढेको छ,’ युवा नेता निङ्लेकुले भने।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ