arrow

यस्तो पनि गरेका थिए एमाले कर्मचारीले, नेताको इसारामा गरेनन काँग्रेसका मतपत्रमा हस्ताक्षर   

मतदान अधिकृत कुमारनाथ न्यौपाने परे कार्वाहीमा

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
cpnuml-530x304.jpg.jpeg

लमजुङ। लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत कारबाहीमा परेका छन् । मतदानका क्रममा गलत नियत देखाएका मध्यनेपाल–७ कुष्माकर मावि ‘ख’ केन्द्रका मतदान अधिकृत कुमारनाथ न्यौपाने कारबाहीमा परेका हुन् । 

बिहान ७ बजेदेखि शुरु भएको शान्तिपूर्ण निर्वाचनमा राजनीतिक आस्थाको आधारमा मतदातालाई हस्ताक्षर बिनाको मतपत्र दिएको भन्दै उजुरी परेपछि उनी कारबाहीमा परेका हुन् । न्यौपानेले काँग्रेस पक्षधर मतदातालाई हस्ताक्षर नगरी मतपत्र दिएका थिए । 

एमालेका प्रदेश सभाका उमेद्वार पृथ्वी सुव्वा गुरुङ सो मतदान केन्द्रमा आएदेखि नै काँग्रेस समर्थक मतदाता आउँदा मतपत्रमा हस्ताक्षर नगरि दिने गरेको केहि समयमै खुलेको थियो।

एमाले समर्थक रहेका न्यौपानेले वदनियत राखि निर्वाचनको निष्पक्षता माथि धावा वोलेको भन्दै काँग्रेस सहितका लोकतान्त्रिक गठवन्धनका कार्यकर्ता तथा मतदाताले उनको व्यापक विरोध गरेका थिए। 

एमाले निकट भएकै आधारमा न्यौपानेले कााग्रेस समर्थक मतदाताको मत वदर गराउने नियतका साथ त्यस्तो प्रपञ्च गरेका थिए।

मतदानका क्रममा स्थानीय मतदाताले मतपत्रमा हस्ताक्षर नदेखेपछि उजुरी गरेका थिए । त्यसअघि २०० भन्दा बढीले मतदान गरिसकेको जनाइएको छ । न्यौपानेले ४० भन्दा बढी मतपत्रमा हस्ताक्षर नगरेको अनुमान गरिएको छ । 

सोही विषयमा विवाद भएपछि स्थानीय राजनीतिक दल र निर्वाचन अनुगमन समितिको बैठक बसी मतदान अधिकृतलाई जिम्मेवारीमुक्त गरिएको छ । 

न्यौपानेको जिम्मेवारी खोसी सो मतदान केन्द्रमा खटिएका सहायक निर्वाचन अधिकृतलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । 

मतदान केन्द्रमा विवाद भएपछि दुई घण्टाभन्दा बढी मतदान रोकिएको थियो । १२३ मतदानस्थल र १६५ मतदान केन्द्र रहेको लमजुङमा अन्य स्थानमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ