arrow

प्रधानमन्त्री देउवा, पौडेल र गगन तेह्रथुममा

logo
हाम्रा कुरा
प्रकाशित २०७४ मंसिर ११ सोमबार
nepali-congress-flag.jpg.jpeg

तेह्रथुम । मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनावमा नेपाली कांग्रेसलाई जिताउन प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेता नेताहरुको टोली सोमबार तेह्रथुम आउँदैछ । 

तेह्रथुमको सदरमुकाम म्याङलुङ्ग स्थित टुँडिखेलमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेता तथा प्रखर वक्ता गगन  थापा लगायत शीर्ष नेताहरुको टोली तेह्रथुम आउन लागेको हो । 

बिहान १०ः३० बजे प्रधानमन्त्री देउवा म्याङलुङ्ग आइपुग्ने कार्यक्रम रहेको कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगानाले बताए । 
तेह्रथुमबाट प्रतिनिधि सभामा भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ प्रत्यक्षतर्फ उम्मेदवार हन् । 

गुरुङ कांग्रेसको केन्द्रीय सदस्य समेत हुन् । प्रदेश सभामा (क) निर्वाचन क्षेत्रमा जिल्ला सभापति गोविन्द ढूंगाना र (ख) निर्वाचन क्षेत्रमा प्याब्सनका केन्द्रीय अध्यक्ष तथा कांग्रेस तेह्रथुम पुर्वकोषाध्यक्ष विजय सम्बाहाम्फे उम्मेदवार हुन् ।  
कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको कांग्रेस जिल्ला सचिव सन्तोष सुब्बाले जानकारी दिए । 

कार्यक्रमका लागि सुरक्षा व्यवस्थासमेत चुस्त दुरुस्त पारिएको प्रशासनले जनाएको छ । 

प्रधानमन्त्री देउवाले सोमबार तेह्रथुम, सुनसरी र झापामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ