arrow

हिंसात्मक घटना बढेपछि कानून मन्त्रीले दिए राजिनामा

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
rajinama.JPG

इस्लामाबाद ।  पाकिस्तानको कानून मन्त्री जहिद हमिदले आइतबार राजिनामा दिएका छन् । इस्लामिक कट्टरपन्थी प्रदर्शनकारीहरुले लगातार रुपमा गरेको हिंसात्मक प्रर्दशनको कारण उहाँले राजिनामा दिनु भएको बताइएको छ ।

पाकिस्तानको राजधानी इस्लामाबादमा इस्लामिस्ट प्रदर्शनकारी र सुरक्षाबलबीच गत एक हप्ता भन्दा बढी हिंसात्मक प्रर्दशन जारी थियो ।

देशलाई द्वन्द्वबाट बाहिर निकाल्नको लागि हमिदले आफ्नो राजिनामा पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीसमक्ष दिएको राज्यद्वारा सञ्चालित समाचार समिति ‘एसोसिएटेट प्रेस अफ पाकिस्तान –एपीपी’ ले जानकारी दिएको छ । तर राजिनामाको विषयमा विस्तृत विवरण भने दिइएको छैन् ।

इशको निन्दा गरेको आरोप लगाउँदै इस्लामिक कट्टरपन्धी संगठनले एक हप्ता भन्दा बढी समययता हमिदको राजिनामाको माग गर्दै प्रदर्शन गर्दै आएका थिए । हमिदले आइतबार अबेर राति राजिनामा दिएका थिए ।

हमिदको राजिनामापछि ११ दिनसम्म जारी रहेको हिंसात्मक प्रदर्शन बन्द भएको बताइएको छ । राज्यद्वारा सञ्चालित टेलिभिजन च्यानल पिटिभीले पनि मन्त्रीको राजिनामाको समाचार प्रशारण गरेको छ । यस राजिनामाको विषयलाई लिएर सरकार अधिकारीहरुको भने कुनै टिप्पणी हालसम्म आएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ