arrow

झापा ४ शिवसतासी ८ का ४ सय एमाले यूवा काँग्रेसमा, देउमान र किरणले गरे स्वागत

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
deuman-thebe-jhapa4-congress.jpg

झापा। झापा शिवसतासीको वडा नम्वर ८ मा नेकपा एमाले लगायत पार्टी परित्याग गरि ४ सय बढी नेता कार्यकर्ताले काँग्रेस प्रबेस गरेका छन । 

नबप्रबेसिलाइ झापा ४ का प्रतिनिधि सभा सदस्य उमेदवार देउ मान थेबे र प्रदेस सभाका उमेदवार किरन भट्टराईले सदस्यता र चुनाब चिन्ह बितरण गरि प्रबेस गराए । 

जम्मा १५ स्थान मा भएको कोण सभामा काँग्रेस नेताहरु भक्ती सिटौला, नारायण बज्गाइ , पदम थापा , रतन थिङ्लापो , सिभ कुमार याङ्या , पर्सुराम ढुंगाना लगायत सहभागि थिए। 

कार्यक्रममा सम्बोधन गर्दै  प्रतिनिधि सभा सदस्य उमेदवार देउमान थेबेले क्षेत्र नम्वर ४ आफ्नो प्राथमिकता मा रहेको बताए। 

आफू जिल्ला बिकासको संयन्त्रमा हुँदा होकल्बाडी हवल्दार्चोक धौलेचोक झिल्लीले सतासी धाम सडकलाई सिमा सडकको रुपमा बिकाश गर्ने प्रकृया अघी बढाएको र डिपिआर पनि सकिएकोले अब काम प्रारम्भ हुने बताए। 

गणेशमान सिङ स्मृति प्रतिस्ठानको खेल मैदानलाई अन्तरास्ट्रियस्तरको बनाउने लगायतको प्रतिबद्धता उनले जनाएका थिए। 

प्रदेस सभाका उमेदवार किरण भट्टराईले जनतालाई ढाट्नेहरुलाई अब जनताले माफी नदिने बताए। 

रगतको होलि खेल्ने आमा दिदि बहिनी हरुको सिउँदो रित्याउनेहरुलाई, घरबार बिहिन बनाउनेहरुलाई जनताले मत नदिने उनको भनाइ थियो। 

संविधानको कार्यनयन र समृद्धि आफुहरुको मुल एजेन्डा रहेको दुवै उम्द्वारको भनाइ थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ