arrow

ट्वीटरमा पनि विनोद चौधरीको अभियान्, #नयाँगतिनयाँदिशा

किन उत्साही छन् चौधरी ?

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
binod_chaudari.jpg

काठमाडौं । उद्योगी विनोद चौधरी अबको राजनीतिक मुद्दा र कार्यभारलाई लिएर निकै चिन्ता गर्न थालेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ‘ह्यासट्याग नयाँगति नयाँदिशा’ भन्ने अभियानै चलाएका छन् ।

मुलुक संविधान कार्यान्वयनको दिशामा गइसकेको भन्दै उनले राजनीतिक संक्रमण अत्य भइसकेको उल्लेख गरेका छन् ।

चौधरीले ट्वीट गर्दै भनेका छन्, ‘अहिलेको चुनाव र राजनीतिक संक्रमण सकिइसकेको अवस्थामा अब मुलुक आर्थिक परिवर्तनको मुद्दामा केन्द्रित हुनु जरुरी छ । विकास र समृद्धिको मुद्दामा अत्यन्तै गम्भीर किसिमको राजनीतिक सुझबुझ आवश्यक छ । अब अर्थतन्त्रले सही दिशा र गति समाउनु पर्छ । र, समाउनेछ पनि,, #नयाँगतिनयाँदिशा ।’

काँग्रेस प्रवेश गरेपछि चौधरीले निकै उत्साही हुँदै आर्थिक परिवर्तनको बहसनै छेडेका छन्  । उनले राजनीतिक दलहरुले जस्तो मुलुक अस्थिरतामा रहेका बखत प्रगति नभएको भनि ठाडै आलोचना पनि गरेका छैनन् ।

उनले रचनात्मक आलोचना गरेका छन् । उनले भनेका छन्, ‘राजनीतिक अस्थिरताबीच पनि नेपालमा महत्वपूर्ण काम भएका छन् तर, जति हुनुपर्ने हो, त्यति हुन सकेनन् । हामीसँग प्रशस्त स्रोत भए पनि व्यवस्थापन गर्न सकेनौं । २५ वटा सरकारसँगै सचिव, परियोजनाका प्रमुख र नियत फेरिए । अस्थिरताले जताततै थिच्यो । तर, अब त्यस्तो हुने छैन ।’

यो निर्वाचनपछि मुलुकले स्थिर सरकार पाउने र आर्थिक सम्मृद्धिको मार्ग प्रसस्त हुनेमा आफु ढुक्क रहेको समेत उनले उल्लेख गरेका छन् । केही राजनीतिक दलहरु महेन्द्रवादमै रहेको चिन्ता गर्दै उनले त्यो प्रवृत्तिलाई अब नागरिकले साथ नदिने तर्क गरेका छन् । दलहरुले चुनावी घोषणापत्रमा अब राजनीतिक मुद्दा समाधान भएको र आर्थिक सम्वृद्धिको बाटोतिर मुलुक जाने भनेका छन् ।

पछिल्लो समय समाजवादको बहस चर्चामा छ । चौधरीले समाजवादबारे पनि मन्थन गरेका छन् । उनले भनेका छन्, ‘अहिलेको समाजवाद भनेको प्रत्येक नागरिकको पहिचान र सम्मान, समावेशी राज्य संरचना, सार्थक संघीयता, सामाजिक न्यायको प्रत्याभूति, सहिष्णुता, खुला समाज, वैयक्तिक सम्पत्तिको सुरक्षा, उदार लोकतन्त्र र सामाजिक सद्भाव हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ